संगालोखबर
फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा साढे ४६ लाख भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनाको अवधिमा सो भेटी रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । भेटीबापत संकलन भएको रकम नेपाल बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको समितिले जनाएको छ ।

Advertisement

समितिले पाथीभरामा सङ्कलन हुने भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरेको छ । यसअघि बैशाख महिनामा एक करोड ६ लाख २८ हजार रुपैयाँ सङ्कलन भएको थियो । जेठ महिनामा आठ हजार ३८७ जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिले जनाएको छ ।

पाथीभरा दर्शन गर्न नेपालका विभिन्न जिल्लासँगै छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन आउने गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!