संगालोखबर


विराटनगर । विराटनगरमा होटल म्यानेजमेन्ट विषय मात्रै पढाइ हुने बीएसएन कलेजले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षाफल अनुसार कलेजले पहिलो ब्याचमै उत्कृष्ट नतिजा हासिल गरेको छ ।

कलेजबाट परीक्षामा सहभागी भएका कुल ४६ जना विद्यार्थीमध्ये ३७ जनाले उत्कृष्ट नतिजा ल्याएका छन् । कलेजका कार्यक्रम निर्देशक मनोज राजवंशीका अनुसार एक जना विद्यार्थीले ३.६६ जीपीएसहित ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।

Advertisement

अन्य विद्यार्थीहरूमध्ये ५ जना ‘ए’, २२ जना ‘बी प्लस’ र ९ जना ‘बी’ ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन् । पहिलो ब्याजमै यत्तिको नतिजा आउनु ठूलो सफलता भएको कार्यक्रम निर्देशक राजवंशीले बताए ।

‘हाम्रो स्थापना कालको पहिलो ब्याचको कक्षा १२ को रिजल्ट धेरै राम्रो छ’, निर्देशक राजवंशीले भने, ‘४६ जना विद्यार्थीमध्ये ३७ जना उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएका छन् । होटल म्यानेजमेन्टमा यो उत्कृष्ट नतिजा हो ।’

विद्यार्थीहरूको कडा मिहिनेत र प्राध्यापकहरूको उत्कृष्ट मार्गदर्शनकै कारण पहिलो ब्याचमै यो सफलता सम्भव भएको कार्यक्रम निर्देशक राजवंशीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!