संगालोखबर
तस्बिर : एआईको सहयोगमा

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-४ मा स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका-२ का २८ वर्षीय अमरलाल साहको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र ०६-००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए । अमरलालको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पुष्पाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कारपियो चालक सप्तरीको बोदेबरसाईन नगरपालिका-६ का २६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्कारपियो चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!