
विराटनगर । सुनसरीको गढी गाउँपालिका-२ औरावनीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित फार्मेसी सञ्चालिकालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका-८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले ‘शिवमहिमा मेडिकल हल’ सञ्चालन गर्दै आएकी थिइन् । उक्त फार्मेसीबाट प्रतिबन्धित औषधि बिक्रीवितरण भइरहेको गोप्य सूचना प्रहरीले पाएको थियो ।
सोही आधारमा खटिएको प्रहरी टोलीले फार्मेसीमा लुकाएर राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेनसहित २ हजार ९३० ट्याब्लेट बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













