संगालोखबर
तस्बिर : एआईको सहयोगमा

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१४ का ३२ वर्षीय जयकृष्ण यादवको मृत्यु भएको हो ।

विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १-०४-००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!