
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-४ बस चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-६ का २६ वर्षीय खेमबहादुर देवान लिम्बु र २७ वर्षीय शौरभ कटुवाल छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०४९ प ५७०२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनीहरूको साथबाट २ ग्राम २५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । ब्राउन सुगर र स्कुटरसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 


















