संगालोखबर


सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका-४ का २० वर्षीय सन्दिप राई छन् ।

आज बिहान करिब ९ः१५ बजे चेकजाँचका क्रममा उनले बोकेको झोलामा ३० किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!