
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित न्यू पूर्वाञ्चल आइसक्रिम क्याफे र कफी सपमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान १० बजेबाट सुरु भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको हो ।
विद्युत सर्ट भएर आगलागी भएको भनिएपनि यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार छिमेकी पालिकाहरूबाट आएका दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट के-कति क्षति भयो भन्ने खुल्न बाँकी छ । क्षतिको विवरण संकलन तथा अनुसन्धान भइरहेको डीएसपी हमालले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा जलाइएका इटहरीका दुई वटा दमकल प्रयोगमा आउन सकेका छैनन् ।
बाहिरबाट दमकल बोलाउनु परेका कारण आगो नियन्त्रणमा लिन केही समय लागेको जनाइएको छ ।

संगालोखबर 


















