धरानमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धरानमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुर चोकमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक धरान-१४ का ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विजयपुर चोकबाट बुढासुब्वा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटो...
सुनसरीको बराहक्षेत्रमा फेसबुकमा स्टाटस लेखेकै आधारमा शिक्षकको सरुवा

सुनसरीको बराहक्षेत्रमा फेसबुकमा स्टाटस लेखेकै आधारमा शिक्षकको सरुवा

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माध्यमिक विद्यालयका एक शिक्षकलाई फेसबुकमा स्टाटस लेखेको भन्दै सरुवाको कारबाही गरिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् । शुक्रबार फेसबुकमा स्टाटस लेखेका शिक्षक बालकृष्ण बोहोरालाई आइतबार विद्यालयमा हाजिर गर्न नदिएर काजमा अन्यत्र सरुवा गरिएको भनिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन् । शिक्षक बोहोरा आइतबार नियमित जाहिर गर्न विद्य...
सुनसरीको दुहबीमा करेन्ट लागेर कामदारको मृत्यु

सुनसरीको दुहबीमा करेन्ट लागेर कामदारको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-८ मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुबही-८ मा बस्दै आएका ५० वर्षीय लक्ष्मण शर्मा छन् । जुट मिल छेउमा रहेको विश्वकर्मा इन्जिनियरिङ वर्कसप ग्यारेजमा काम गर्ने उनलाई आज बिहान करिब ११ बजे करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक...
सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बसपार्कबाट पैदल हिँडिरहेका दुई जनालाई पक्राउ गरेको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २२ वर्षीय लक्ष्मण कटवाल र सोही स्थानका २...
धरानबाट पोखरा जाँदै गरेको बसमा गुडियाभित्र गाँजा, धनकुटाका राई पक्राउ

धरानबाट पोखरा जाँदै गरेको बसमा गुडियाभित्र गाँजा, धनकुटाका राई पक्राउ

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ५० वर्षीय रुद्रबहादुर राई छन् । बिहीबार साँझ बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २१८७ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो । बसको डिकीबाट सात वटा गुडियामा लुकाएर राखेको अवस्थामा १० किलो नौ सय ४...
सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु

सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा धरौटी बुझाउ नसक्दा कारागार परेका २८ वर्षीय विकास राईको मृत्यु भएको हो । भोजपुरको हतुवागढी गाउँपालिका-८ घर भई धरान उपमहानगरपालिका-१२ बस्दै आएका राई आज बिहान एक्कासि बेहोस भएर ढलेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको झम्का कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए । ‘बेलुका औषधी खाएर सुते...
सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी-५ का ३२ वर्षीय विशाल लिम्बू र ३५ वर्षीय गणेश तामाङ छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार इनरुवा-४ स्थित बसपार्कमा चेकजाँचका क्रममा लागूऔषध ब्राउन सुगर बरामद भएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १-०२-०५१ ...
धरानमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते

धरानमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१ शुभलक्ष्मी मार्गमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते भएका छन् । मंगलबार दिउँसो ३२ वर्षीय छोरा सन्तोष राउतले चक्कु प्रहार गर्दा ६० वर्षीय बुबा मणिकुमार राउत घाइते भएका हुन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मणिकुमारको टाउकोमा चक्कु प्रहार भएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । चक्कु प्रहा...
कोशीमा पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

कोशीमा पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरेको छ ।  प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय खोलिएको हो । प्रदेशको क्षेत्राधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि सञ्चालनमा ल्याइएको हो । सुनसरीको इटहरीमा स्थापना गरिएको प्रदेश राजस्व कार्यालयको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना ...
धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । सुनसरीको धरानमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा धरान-१ की ५८ वर्षीया सरिता बिकको मृत्यु भएको हो । आइतबार दिउँसो ३ः४० बजे धरान-१ पुरानो बजार स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१८ प ६५२४ नम्बरको स्कुटरले बिकलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बिकको विराट नर्सिङ होम विराटनगरमा साँझ ७ः३० बजे उपच...
सुनसरीको धरानबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरीको धरानबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । आज बिहान ८ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान-२० का ३० वर्षीय रूपेश राई, २० वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी-१० बस्दै आएका ३४ वर्षीय प्रदिप राई र धरान-१३ का...
खोलाले मोटरसाइकल बगाउँदा बेपत्ता धरानकी अनिताको शव तीन दिनपछि फेला

खोलाले मोटरसाइकल बगाउँदा बेपत्ता धरानकी अनिताको शव तीन दिनपछि फेला

सुनसरी । सुनसरीको बराहक्षेत्र-१ को दुध खोलाले मोटरसाइकलसहित बगाउँदा बेपत्ता भएकी धरान-१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ । उनको शव आज बिहान बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदी किनारमा फेला परेको हो । गत शुक्रबार मदन भण्डारी राजमार्गको दुध खोलाले बुबा-छोरीलाई बगाएको थियो । स्थानीय र प्रहरीको सहयोगमा बुवा जीवन राईलाई जीवितै उद्धार गरिए पनि अनिता भने बेपत्ता भएकी थिइन् । उ...
सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ

सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ

विराटनगर । सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ का ६० वर्षीय मिलन कुमार राई छन् । बिहीबार दिउँसो इटहरी उपमहानगरपालिका-६ बाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । राष्ट्रिय गीत ‘सयौं थुङ्गा फूलका हामी...’ का असली सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाममा ठगी गर्दै हिँडेको पाइएपछि उनलाई...
सुनसरीको दुहबीमा ‘सेफ्टी ट्याङ्की’ भित्र भेटियो दुई जनाको शव

सुनसरीको दुहबीमा ‘सेफ्टी ट्याङ्की’ भित्र भेटियो दुई जनाको शव

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकमा मा निर्माणाधीन घरको ‘सेफ्टी ट्याङ्की’ भित्र दुई जनाको शव फेला परेको छ । आज बिहान १० बजेतिर दुहबी-२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव ‘सेफ्टी ट्याङ्की’ भित्र फेला परेको हो । प्रहरीका अनुसार तामाङ पेटी ठेकेदार र राई कामदार रहेको खुलेको छ । अहिले इलाका प्रहरी कार्यालय दुहबीबाट इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थलमा खटिएक...
झुम्का कारागारबाट पर्खाल नाघेर भागे बलात्कार मुद्दाका कैदी 

झुम्का कारागारबाट पर्खाल नाघेर भागे बलात्कार मुद्दाका कैदी 

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री मंगलबार राति भागेका हुन् । कारागार प्रशासनका अनुसार उनी जबरजस्ती करणी मुद्दाका कैदी हुन् । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ ...
सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवा टोलमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आज बिहान माइक्रो र बस एक-आपसमा ठोक्किँदा घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल,  सप्तरीकी ६० वर्षीय अनारवतीदेवी यादव, सप्तरी कै ६८ वर्षीय जिवछ महात्मा, सुनसरीको कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र...
सुनसरीबाट ७८ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ७८ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय मुस्ताक मिया र वडा नम्बर ६ का बलराम यादव छन् । गाँजाको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मियाको घरमा खानतलासी गरेको थियो । सोही क्रममा तीन वटा प्लाष्टिकको बोरामा प्याक गरेर राखेको अवस्थामा ७८ किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता...
अपडेट : सुनसरी दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान खुल्यो (नामावलीसहित)

अपडेट : सुनसरी दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान खुल्यो (नामावलीसहित)

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ जलुवा टोलमा आज बिहान भएको दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान भएको छ । दुर्घटनामा सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल र सुनसरी कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर-१० का ४० वर्षीय अशोक यादवको मृत्यु भएको हो । उनीहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगर...
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु

सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित पूल चोकमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु भएको छ । आज बिहान करिब ८ बजे विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो बस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किएका हुन् । मृतकको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूलाई उपचारका लागि सुनसरी र विराटनगरका अस्पतालमा पठाइएको प्रहरीले जना...
इटहरीमा स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

इटहरीमा स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलमा स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका-५ का सुजन विक र पछाडि सवार सुरज विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो इटहरीबाट...
सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित भीमनगर बोर्डर पोष्टबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ का २६ वर्षीय राजेश कुमार रजक र वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक छन् । उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली रुपैयाँमा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेको ल...
कोशीमा २२ वटा ट्रान्सफर्मर चोरीमा संलग्न ‘विज्ञ’ गिरोह नै पक्राउ

कोशीमा २२ वटा ट्रान्सफर्मर चोरीमा संलग्न ‘विज्ञ’ गिरोह नै पक्राउ

विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीबाट योजनाबद्ध तरिकाले ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ । प्रादेशिक अपराध अनुसन्धान समूहको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत चोरीमा संलग्न भएका र चोरीको सामान किनेको आरोपमा पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छ । ट्रान...
काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका यात्रु ब्राउन सुगरसहित पक्राउ 

काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका यात्रु ब्राउन सुगरसहित पक्राउ 

विराटनगर । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका एक यात्रु लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २८ वर्षीय बालकुमार पाण्डे छन् । बा. प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई सोमबार राति सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनको साथबाट ४४ ग्राम तीन सय ९० मिलिग्राम ला...
सप्तकोशीमा पानीको बहाव उच्च

सप्तकोशीमा पानीको बहाव उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा अनुसार कोशी ब्यारेजमा एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाइएको छ । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि...
बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा बर्जु-१ का ४५ वर्षीय शत्रुधन मेहताको मृत्यु भएको हो । गम्भीर घाइते भएका मेहताको विराट नर्सिङ होममा उपचारका क्रममा आज बिहान २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको स १ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको थियो । ...
धरानबाट २४ किलो गाजाँसहित धनकुटाका दुई जना पक्राउ

धरानबाट २४ किलो गाजाँसहित धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० सिरिसेबास स्थित हिले खोलाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ जलाराका ३२ वर्षीय बिरेन राई र खुडीका ३८ वर्षीय मोहन राई छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरू दुई वटा मोटरसाइकलमा धरानतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को ...
बर्जुबाट विराटनगर आउँदै गरेको अटोबाट १२८ किलो गाँजा बरामद

बर्जुबाट विराटनगर आउँदै गरेको अटोबाट १२८ किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ बाट प्रहरीले एक सय २८ किलो गाँजा बरामद गरेको छ । शुक्रबार राति करिब ७ः४० बजे केसलिया खोला हुँदै विराटनगरतर्फ आउँदै गरेको को २ ह १५१४ नम्बरको अटोबाट गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्‍नासाथ अटो छोडेर चालक उखुबारीतिर भागेर फरार भएका छन् । उनको खोजी भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दि...
दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १...
सुनसरीबाट ६० किलो गाँजा बरामद

सुनसरीबाट ६० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ खत्वे टोलबाट ६० किलो गाँजा बरामद भएको छ । शुक्रबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलमा राखेर देवानगञ्जबाट कप्तानगञ्जतर्फ गाँजा लगिँदै थियो । प्रहरीलाई देख्‍नासाथ दुई वटा बोरा फ्याँकेर ओसार-पसारमा संलग्न मानिस मोटरसाइकलसहित फरार भएका डीएसपी खतिवडाले जानकार...
सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै रकम असुल्ने पक्राउ

सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै रकम असुल्ने पक्राउ

सुनसरी । सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै रकम असुल गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-९ का ३० वर्षीय पवन मेहेता छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनलाई भोक्राहा नरसिंह गाउँपालिका-५ चप्राहाबाट बिहीबार साँझ पक्राउ गरिएको हो । उनको साथमा रहेको को १५ प ८८७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको खतिवडाले जानकारी दिए । मेहेताले प्रहरी...
सुनसरीको दुहबीमा कवाडी गोदाममा आगलागी

सुनसरीको दुहबीमा कवाडी गोदाममा आगलागी

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ स्थित एक कवाडी गोदाममा आगलागी भएको छ । आज दिउँसो लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमिल्सिनाका अनुसार अहिले दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको छ । दुहबीसहित विराटनगर, इटहरी र इनरुवाबाट आएका दमकलले आगो निभाउने काम भइरहेको छ । आगलागीको कारण खुलेको छैन ।
error: Content is protected !!