संगालोखबर


इटहरी । सुनसरीको रामधुनीकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरसँग जुधिरहेकी छिन् । गम्भीर रोगसँग संघर्ष गरिरहेकी आमाको जीवन बचाउन उनकी छोरी सुनेना परियारले सहयोगको अभियान गरेकी छन् ।

आमाको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गराउँदा तेजकुमारीलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो ।

त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौंको सिभिल अस्पतालमा भर्ना गरियो । चिकित्सकले उच्चस्तरीय उपचार आवश्यक रहेको भन्दै भारतको दिल्ली लैजान सुझाव दिएपछि परिवारले सोमबार उनलाई दिल्ली लगेको छ ।

तर उपचारका लागि झण्डै ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि उनकी छोरी सुनेनाले सहयोगका लागि सबैसँग अपिल गरेकी हुन् ।

विराटनगरस्थित आइएसएमटी कलेजमा अध्ययनरत सुनेनाको पहलमा उनका साथीहरू पनि अहिले रकम संकलन अभियानमा जुटेका छन् । सामाजिक सञ्जालमार्फत समेत सहयोगको अपिल गर्दै उपचार खर्च जुटाउने प्रयास भइरहेको छ ।

उपचारका लागि आवश्यक रकम संकलन गर्न परिवारले आफ्नो सम्पर्क नम्बर र बैंक खाता सार्वजनिक गर्दै सहयोगका लागि अनुरोध गरेको छ।९८१९३७८२५४ नम्बरमा सम्पर्क गरेर वा क्यूआर कोडमार्फत सहयोग गर्न सकिने सुनेनाले बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!