सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
विराटनगर । सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्न थालेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
‘सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएको छ । नदी तटीय क्षेत्रका बसोबास गर्नेहरू सुरक्षित रहनुहोला । साथै माछा मार्ने, दाउरा टिप्ने, सेल्फी तथा भिडियो खिच्ने लगायतका गतिवि...

























