
विराटनगर । सुनसरीको दुहबी नगरपालिका-८ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ः५० बजेतिर भएको दुर्घटनामा विराटनगर-३ की ४२ वर्षीया खगमाया खरेलको मृत्यु भएको हो ।
कोशी राजमार्गअन्तर्गत पशुपति खाद्य उद्योगअगाडि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०२-०६० प २१२३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी खरेललाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो । उनको उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


संगालोखबर 
















