संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ तीनकुने मिलिजुलीस्थित कालावन्जार–धरान सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब ४ः३० बजे प्र.१-०१-०१८ प ७८९२ न. को मोटरसाइकल सिमेन्टको कलभटमा ठोक्किएर पैनीको नालामा झरेको हो ।

दुर्घटनामा परी धरान-८ का ३० वर्षीय मनिस बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कलभटमा ठोक्किएर मोटरसाइकल करिव ३५ फिट पर पैनीको नालामा झरेको थियो ।

बस्नेत पनि पैनीमा खसेको अवस्थामा मृत भेटिएका हुन् । साथमा भएको कागजपत्रवाट उनको पहिचान खुलेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!