
सुनसरी । सुनसरीको धरान-१३ बाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १० जना पक्राउ परेका छन् । गएराति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार धरान-१३ स्थित एक क्याफेबाट उनीहरू अनलाइन जुवा खेलिरहेका थिए । पक्राउ पर्नेमा धरान-१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे र ४२ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।
यस्तै ४० वर्षीय विवेक थापा, धरान-१ का ३३ वर्षीय सुजित साह, धरान-१६ का ४१ वर्षीय अशोक लिम्बु, धरान-१५ का ३५ वर्षीय भवानी दाहाल र धरान-१७ का ३१ वर्षीय प्रज्ज्वल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाइल बरामद गरेको छ । उनीहरूमाथि सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 























