
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी नदीको किनारबाट प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहान करिब ३ः१० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
ट्युबमाथि बाँसमा बाँधेर राखेको अवस्थामा १६८ किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।
गाँजा कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागेको हो भन्ने खुल्न बाँकी छ । गाँजा ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


संगालोखबर 


















