
विराटनगर । सुनसरीको इटहरी-४ मा ट्रकले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा इटहरी-५ की ७५ वर्षीया पद्मकुमारी खड्काको मृत्यु भएको हाे ।
प्रहरीका अनु्सार कोशी लोकमार्गअन्तर्गत हलगडामा प्रदेश १-२-००२ ख १३२८ नम्बरको ट्रकले ठक्कर दिँदा वृद्धा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गर्दा वृद्धालाई ट्रकले ठक्कर दिएको थियो । ट्रक चालक संखुवासभाको धर्मदेवी नगरपालिका-५ का २६ वर्षीय निमा जाङबु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

संगालोखबर 



















