जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट २० सेन्टिमिटरको पानीको फोको निकालिएको छ । अस्पतालका चिकित्सक डा.आशिषकुमार यादव नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मिक्लाजुङ-२ रमितेकी २५ वर्षीया महिलाको पाठेघरबाट ठूलो सिस्ट निकालेको हो । उनी पाँच महिना अघिदेखि पेट दुख्ने समस्याबाट पीडित थिइन् । असह्‍य पीडा भएपछि आफन्तले उनलाई उपचारक...
मनमोहनमा औषधी विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहनमा औषधी विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

विराटनगर । औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधी विज्ञानमा स्नातकोत्तर तहको  ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ । विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेसको फार्मेसी विभागले   औषधि विज्ञानमा स्नातकोत्तर तह  ‘मास्टर अफ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम विज्ञ, उ...
विराटनगरमा पक्राउ परेका २६ जेनजी अभियन्ता रिहा

विराटनगरमा पक्राउ परेका २६ जेनजी अभियन्ता रिहा

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने क्रममा पक्राउ परेका २६ जना जेनजी अभियन्ता रिहा भएका छन् । शनिबार राति कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले उनीहरूलाई छाडिएको जानकारी दिए । ‘धर्नाका क्रममा हट्न आग्रह गर्दा...
विराटनगरमा भएको खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन

विराटनगरमा भएको खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन

विराटनगर । विराटनगर-१ शान्तिचोकमा भएको वृहत खुला रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । समाजमा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै शान्तिचोक युवा समूहले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुखदेव प्रसाद मण्डल तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको उपस्थितिमा भएको रक्तदान कार्यक्रममा जनप्रतिनिधि, ...
जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने २६ अभियन्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने २६ अभियन्ता पक्राउ

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछ...
विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगर । विराटनगर-१४ जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो । आज बिहान जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली र १४० ग्राम गाँजा बरामद भएको सश...
जेनजी आन्दोलनमा ध्वस्त पारिएको विराटनगरको भाटभटेनी पुनः सञ्चालन

जेनजी आन्दोलनमा ध्वस्त पारिएको विराटनगरको भाटभटेनी पुनः सञ्चालन

विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केट ११ महिनापछि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएपछि क्षतिग्रस्त भएको भाटभटेनी आजबाट सञ्चालनमा आएको हो । भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले वैदिक सनातन पद्धतिअनुसार पूजाआजा गरी स्टोरको उद्‌घाटन गरिन् । उद्घाटनका क्रममा सञ्चालक गुरुङले ग्राहकहरूको सद्भाव, सहानुभूति र स्नेहका कारण नै भाटभटेनी परिवार खरानीबाट पुनः उठ्न स...
युवकको मृत्यु भएपछि विराटनगरको भेडियारीमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

युवकको मृत्यु भएपछि विराटनगरको भेडियारीमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजा र भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयवासी र प्रहरीबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अवस्था तनावग्रस्त बनेको हो । वार्ता विफल भएपछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । घटनाका क्रममा प्रहरीले एक जना...
विराटनगरमा गाँजासहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला

विराटनगरमा गाँजासहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेका छन् । प्रहरीले पिछा गरेको थाहा पाएपछि पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादव दुई दिनपछि मृत भेटिएका हुन् । आज बिहान १०ः३० बजेतिर पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा ...
मोरङको जहदामा कारबाट गाँजा बरामद, कार छाडेर भागे चालक

मोरङको जहदामा कारबाट गाँजा बरामद, कार छाडेर भागे चालक

विराटनगर । मोरङको जहदाबाट सशस्त्र प्रहरीले कारबाट गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका-१ नयाँ बस्तीबाट सशस्त्र प्रहरीले बिहीबार राति बा १२ च ७५५२ नम्बरको कारसहित गाँजा बरामद गरेको हो । सशस्त्रलाई देख्‍नासाथ चालक भने कार छाडेर फरार भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बीओपी मधुमल्लाबाट खटिएको गस्ती टोलीले नयाँ बस्तीबाट कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको कारलाई नियन्त्रणमा लिएको हो । कार निय...
किसानलाई सँधै मलकै चिन्ता

किसानलाई सँधै मलकै चिन्ता

विराटनगर । असार सकिन केही दिन मात्रै बाँकी छ । कृषक यतिबेला रोपाइँको चपेटामा छन् । तातो घामको प्रवाह नगरी परिश्रम गरिरहेका कृषकहरूलाई लगानी उठ्छ, उठ्दैन भन्ने चिन्ता छ । कारण हो समयमै मलखाद नपाउँनु । मोरङको कटहरी गाउँपालिकाका दुखराम माझी थारुले अर्काको खेत अधियाँमा लिएर धान रोपेका छन् । तर अहिलेसम्म मल नपाउँदा उनी दुःखी छन् । ‘अर्काको खेत अधियाँमा लिएको छु । अहिलेसम्म मल पाएको छैन’, उनले भने, ...
नोबेल अस्पताल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, सबै सेवामा २५ प्रतिशत छुट

नोबेल अस्पताल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, सबै सेवामा २५ प्रतिशत छुट

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने भएका छन् । अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस...
विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने गिरोहका दुई जना पक्राउ

विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने गिरोहका दुई जना पक्राउ

विराटनगर । नक्कली नागरिकता प्रमाणपत्र बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-५ का ३८ वर्षीय धनदेव राजवंशी र विराटनगर-११ का ६१ वर्षीय अशोक कुमार श्रेष्ठ रहेका छन् । सप्तरी स्थायी घर भई हाल विराटनगर-१४ बस्ने ३० वर्षीया मनिषा कुमारी कामत बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र बनाउन पुगिन् । सो क्रम...
ज्यान मुद्दाका बन्दीको कोशी अस्पतालमा मृत्यु

ज्यान मुद्दाका बन्दीको कोशी अस्पतालमा मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचारका क्रममा एक बन्दीको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय सन्देश राईको आज मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दाका बन्दी राईलाई उपचारका लागि असार १८ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । राईलाई जिल्ला अदालत पाँचथरले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०८२ मंसिर ७ गते आदेश दिएको थियो । अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार पा...
विराटनगरबाट गाँजासहित एक जना पक्राउ, एक जना पोखरीमा बेपत्ता

विराटनगरबाट गाँजासहित एक जना पक्राउ, एक जना पोखरीमा बेपत्ता

विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता भएका छन् । आज बिहान ८ः५० बजेतिर विराटनगर-१८ का मञ्जितकुमार यादव पोखरीमा डुबेर बेपत्ता भएका हुन् । दुई जना सवार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए । फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका यादवको खोजी तीव्र पारिएको मोरङ प्रहरीका...
विराटनगरकी २० वर्षीया सञ्जुको करेन्ट लागेर मृत्यु

विराटनगरकी २० वर्षीया सञ्जुको करेन्ट लागेर मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ नयाँबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-५ घर भएकी २० वर्षीया सञ्जु सहनीको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार सहनीको माइती घर कटहरी हो । माइतीघर गएकी उनलाई आज बिहान ७ः१५ बजेतिर पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खेलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानीको कल चलाउने क्रममा करेन्ट...
विराटनगरमा २ लाख १६ हजार मूल्य बराबरको अवैध मल्टिभिटामिन बरामद गरी नष्ट

विराटनगरमा २ लाख १६ हजार मूल्य बराबरको अवैध मल्टिभिटामिन बरामद गरी नष्ट

विराटनगर । सशस्त्र प्रहरी बलले विराटनगरबाट भन्सार छली अवैध रूपमा भित्र्याइएको ठुलो परिमाणको मल्टिभिटामिन बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बिओपि जहदा-भुटाहा मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले सोमबार बिहान ७ः४० बजे विराटनगर महानगरपालिका-१७, कब्रिस्तान नजिकैबाट उक्त सामग्री नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा दुई लाख १६ हजार मूल्य बराबरको ४३२ वटा मल्ट...
विराटनगरमा ‘अर्थ र विकास पत्रकारिता’ सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

विराटनगरमा ‘अर्थ र विकास पत्रकारिता’ सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम

विराटनगर । विराटनगरमा क्रियाशील पत्रकारहरूका लागि सञ्चालित ‘अर्थ र विकास पत्रकारिता’ विषयमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संगालोखबर मिडिया प्रा.लि. विराटनगरको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । असार २०, २१ र २२ गतेसम्म सञ्चालित कार्यक्रममा कोशी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता थियो । कार्य...
विराटनगरको भाटभटेनी सुपरमार्केट असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने

विराटनगरको भाटभटेनी सुपरमार्केट असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने

विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केट असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा ध्वस्त भएको भाटभटेनी असार २७ गते शनिबारदेखि सञ्चालनमा आउने भएको हो । करिब १० महिनाको पुनर्निर्माणपछि स्टोर सञ्चालनमा आउन लागेको हो । सोमबार स्टोरमा विशेष पूजासमेत गरिएको  छ । सो अवसरमा भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले पुनर्निर्माणमा अहोरात्र खटिएका करिब ३०० मजदुरलाई...
विराटनगर महानगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा डी फ्रिज र सिँचाइ मोटर वितरण

विराटनगर महानगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा डी फ्रिज र सिँचाइ मोटर वितरण

विराटनगर । खाद्य स्वच्छता प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा मासु व्यवसायीलाई डी फ्रिज तथा कृषक समूहलाई सिँचाइ मोटर वितरण गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा नेपाल सरकारको ‘मिट मार्ट’ कार्यक्रमअन्तर्गत ससर्त अनुदानमार्फत मापदण्ड पूरा गरी सञ्चालनमा रहेका सात वटा मासु पसललाई डी फ्रिज हस्तान्तरण गरिएको हो । आधुनिक भण्डारण प्रण...
विराटनगरबाट भारततर्फ लैजाँदै गरेको घरेलु मदिरा बरामद गरी नष्ट

विराटनगरबाट भारततर्फ लैजाँदै गरेको घरेलु मदिरा बरामद गरी नष्ट

विराटनगर । विराटनगरमा सशस्त्र प्रहरीले एक सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । विराटनगर-१८ रेल्वे लाइनबाट सोमबार दिउँसो भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले घरेलु मदिरा बरामद गरेको थियो । सोही मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नष्ट गरिएको मदिरा करिब १५ हजार रुपैयाँ बराबरको रहेको जनाइएको छ । सशस्त्र प्रहरी बलको नेपाल बिओपी जहदा-भुटाहा मोरङको ग...
मोरङको उर्लाबारीमा बालबालिकालाई बाँधेर यातना दिएको आरोपमा दुई जना पक्राउ

मोरङको उर्लाबारीमा बालबालिकालाई बाँधेर यातना दिएको आरोपमा दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकालाई यातना दिने झापाको शिवसताक्षी नगरपालिका-३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार राति करिब ८ बजेतिर उर्लाबारी नगरपालि...
मोरङको ग्रामथानमा खुकुरी प्रहार गरेर देवरले गरे भाउजूको बीभत्स हत्या

मोरङको ग्रामथानमा खुकुरी प्रहार गरेर देवरले गरे भाउजूको बीभत्स हत्या

विराटनगर । मोरङको ग्रामथानमा देवरले आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् । ग्रामथान गाउँपालिका-६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २० वर्षीया सीमा राजवंशीको सोमबार राति ८ः३० बजेतिर हत्या भएको हो । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार आफ्नै देवर २१ वर्षीय सौचन राजवंशीले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट सीमाको घाँटी छिनेको र ...
अभिषेक गिरीलाई थप अनुसन्धानका लागि लगियाे काठमाडौं

अभिषेक गिरीलाई थप अनुसन्धानका लागि लगियाे काठमाडौं

विराटनगर । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएलगतै प्रहरीले अभिषेक गिरीलाई काठमाडौं लगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उनलाई काठमाडौं लगेको हो । मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, न्यायाधीश टंकबहादुर महतको इजालसले गिरीविरुद्ध म्याद थप गर्न अस...
माेरङकाे लेटाङबाट घरको छतमा राखिएकाे दुई थान कटुवा पेस्तोल बरामद

माेरङकाे लेटाङबाट घरको छतमा राखिएकाे दुई थान कटुवा पेस्तोल बरामद

विराटनगर। माेरङकाे लेटाङ नगरपालिका-४ स्थित एक घरमा दुई वटा कटुवा पेस्ताेल बरामद भएकाे छ । पुरानो बसपार्क नजिक रहेको लामो समयदेखि कोही नबस्ने घरको छतबाट पेस्तोल बरामद भएको हो । आइतबार अपराह्न करिब ४ बजे बालबालिका खेल्ने क्रममा रामलखन साहको एकतले पक्की घरको छतमा पेस्ताेल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाकाे जानकारी पाउनसाथ खटिएकाे प्रहरी टाेलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी ख...
दुर्घटनामा घाइते भएकी युवतीकाे उपचारका क्रममा मृत्यु

दुर्घटनामा घाइते भएकी युवतीकाे उपचारका क्रममा मृत्यु

विराटनगर । माेरङकाे लेटाङस्थित जाँतेमा ९ दिनअघि दुर्घटनामा परेर घाइते भएकी एक युवतीको शनिबार दिउँसो मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ-९ जाँतेमा प्र १-०२-०६० प १७५५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको को २२ प ९५०९ नम्बरको स्कुटरलाई असार ११ गते ठक्कर दिएकाे थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक ताप्लेजुङको मिकुवाखोला गाउँपालिका-२ का ३० वर्षीय प्रवीण दाहाल, स्कुटर चालक ...
जीवन विकास अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवन कुमारको सेवा

जीवन विकास अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवन कुमारको सेवा

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षा प्रतिष्ठानमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवन कुमारले सेवा सुरु गरेका छन् । अस्पतालले मुटुको उपचार सेवालाई थप उत्कृष्ट र सर्वसुलभ बनाउने उद्देश्यले उनलाई वरिष्ठ परामर्शदाता एवं इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा भित्र्याएको हो । २२ वर्षभन्दा लामो समयको अनुभव समालेका डा. कुमारले चिकित्सा क्षेत...
लियो क्लब अफ विराटनगरको अध्यक्षमा सञ्जु गोइत

लियो क्लब अफ विराटनगरको अध्यक्षमा सञ्जु गोइत

विराटनगर । लियो क्लब अफ विराटनगरको अध्यक्षमा सञ्जु गोइत निर्वाचित भएका छन् । लामो समयदेखि लियोमा सक्रिय रहँदै आएका गोइत वर्ष २०२६/२०२७ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्नो अनुभव र नेतृत्वले आगामी दिनमा अझ प्रभावकारी सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । लियो वर्ष २०२५/२०२६ मा अध्यक्षको जिम्मेवारीमा सिर्जना लुँइटेल थिइन् । उनको नेतृत्वमा क्लबले शिक्षा, स्वास्थ्य...
रंगेलीका तीन सय छात्रालाई शैक्षिक सामग्री वितरण

रंगेलीका तीन सय छात्रालाई शैक्षिक सामग्री वितरण

विराटनगर । मोरङको रंगेली नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत तीन सय छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ । छात्रासित उपमेयर कार्यक्रमको अवसरमा बुधबार ब्यागसहित शैक्षिक सामग्री वितरण गरिएको हो । रंगेली नगरपालिकाले छात्रासित उपमेयर कार्यक्रमलाई निरन्तरता दिँदै विज्ञहरूबाट किशोरीहरूलाई अभिमुखीकरण प्रदान गरेको छ । किशोरी अवस्थाका परिवर्तनहरू, किशोरीको मनोविज्ञान, पढाइप्...
विराटनगरको रानी नाकाको ३ नम्बर ढाट बन्द गरेपछि स्थानीय आन्दोलित

विराटनगरको रानी नाकाको ३ नम्बर ढाट बन्द गरेपछि स्थानीय आन्दोलित

विराटनगर । विराटनगरको रानीस्थित नेपाल-भारत सीमा क्षेत्र तनावग्रस्त बनेको छ । विराटनगर महानगरपालिका-१५ रानीस्थित ३ नम्बर ढाटलाई फलामको सिक्री लगाएर आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका स्थानीयले जोगवनी बजार प्रवेशको मुख्य नाका १ नम्बर ढाट बन्द गरेरका छन् । स्थानीयको आन्दोलनका कारण नेपाल-भारत आवतजावत बन्द भएको छ । सीमा क्षेत्रको ३ नम्बर ढाट क...
विराटनगरको कोशी अस्पताल र क्षयरोग संस्थाबीच जग्गा विवाद चर्कियो

विराटनगरको कोशी अस्पताल र क्षयरोग संस्थाबीच जग्गा विवाद चर्कियो

विराटनगर । विराटनगरको कोशी अस्पताल र नेपाल क्षयरोग निवारण संस्था मोरङबीच जग्गा विवाद चर्किएको छ । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि जग्गा खाली गर्न १५ दिने अल्टिमेटम दिएपछि संस्थाको अस्तित्व संकटमा परेको हो । अस्पतालले सेवा विस्तार, पार्किङ र पूर्वाधार निर्माणका लागि उक्त जग्गा अपरिहार्य रहेको दाबी गर्दै आए पनि संस्थाले उचित वैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाउन खोजिए प्रदेशभरिको क्ष...
error: Content is protected !!