संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगर-१८ बाट प्रहरीले वेवारिसे अवस्थामा राखिएको २० किलो ३२० ग्राम गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

रेल्वे नजिक वेवारिसे अवस्थामा राखिएको गाँजा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय बुधनगरमा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!