संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१ बाट प्रहरीले नगद र गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोही स्थानका ४९ वर्षीय सुन्दरलाल चौधरी घरबाटै गाँजा र नगदसहित पक्राउ परेका हुन् ।

गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा चौधरीको घरमा खानतलासी गर्दा ३ किलो ७६० ग्राम गाँजा र २ लाख ७१ हजार रुपैयाँ नगद फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!