प्रदेशस्तरीय पौडीमा १४ पदक जित्ने आफ्ना खेलाडीलाई एभरेष्टको सम्मान
विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । मोरङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम बनाउन भूमिका निर्वाह गरेका ६ खेलाडीलाई सम्मान गरिएको हो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीहरूलाई अबिर र खादा लगाएर सम्मान गरे । प्रदेशमा जिल्लालाई प्रथम बनाउन विद्यार्थीहरूले खेलेको भूमिकाल...





























