मोरङको धनपालथानबाट २५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-२ पैटामबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अररिया जिल्ला पँहुसी ग्राम पंचायत-२ का २२ वर्षीय मोहमद इर्साद छन् ।
सोमबार राति करिब ८ः३० बजेको समयमा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ क्यू ५६८६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
उनका अनुसार इर्सा...





























