मोरङबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद
विराटनगर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको हरियो तरकारी र कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले आज मोरङका छुट्टाछुट्टै स्थानबाट १४ लाख बढीको अवैध हरियो तरकारी र कपडा बरामद गरेको हो ।
सशस्त्रका अनुसार सिटी सफारीबाट हरियो तरकारी तथा ३ वटा मोटरसाइकलबाट कपडा गरी जम्मा १४ लाख १२ हजार ३०० मूल्य बराबरको सामान बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको...






























