रथयात्राको तयारी अन्तिम चरणमा पुग्यो : अध्यक्ष रेग्मी
विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटक ५८ औं संस्करणको रथयात्रा भदौ १ गते निकालिँदैछ ।
विराटनगर-१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ः३० बजे निकालिने रथयात्राले ट्राफिक चोक, रोडशेष, बरगाछी हुँदै मन्दिरसम्म आइपुग्दा ९ किलोमिटरको दुरी पार गर्नेछ ।
विस १९८८ सालबाट खटयात्रा सुरु गरिएको भएपनि विस २०२४ साथबाट...




























