संगालोखबर


विराटनगर । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विराटनगरमा ‘टीभीएस अर्बिटर’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीका आधिकारिक बिक्रेता पाश्र्वनाथ डेभलपर्सका प्रबन्ध निर्देशक प्रशान्त तातेड र जगदम्बा मोटर्सका रिजनल म्यानेजर अर्जुन खनालले आज एक कार्यक्रमबीच उक्त स्कुटर सार्वजनिक गरेका हुन् ।

सहरी यात्रालाई दिगो र प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको यस स्कुटरले १५८ किलोमिटरको रेन्ज दिने जनाइएको छ । बिक्रेताका अनुसार १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको यस स्कुटरमा ३४ लिटरको विशाल बुट स्पेस, ८४५ मिमी लामो सिट, १६९ मिमी ग्राउन्ड क्लियरेन्स र क्रुज कन्ट्रोल जस्ता विशेषताहरू छन् ।

साथै हिल होल्ड असिस्ट, मोबाइल एप कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, चोरी र दुर्घटना अलर्ट जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू पनि यसमा समावेश रहेका बिक्रेताले जनाएको छ । नेपाली बजारमा तीन रङमा उपलब्ध यस स्कुटरको २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!