संगालोखबर

विराटनगर । विराट व्यापार संघमा आवद्ध भएकाहरूले विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । न्युरो अस्पताल र विराट व्यापार सङ्घबीच आज उपचार छुट सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौतासँगै मोरङका उद्योगी-व्यवसायी, तिनका परिवार तथा कार्यरत कर्मचारीहरूका लागि सहुलियत दरमा स्तरीय उपचार सेवा पाउने बाटो खुलेको छ ।

सम्झौता अनुसार विराट व्यापार संघमा आबद्ध सम्पूर्ण सदस्यहरू, उनीहरूमा पूर्ण रूपमा आश्रित परिवारका सदस्यहरू र संघ अन्तर्गतका व्यावसायिक फर्म तथा प्रतिष्ठानहरूमा कार्यरत कर्मचारीहरूले न्युरो हस्पिटलबाट प्रवाह हुने विभिन्न स्वास्थ्य सेवाहरूमा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

विभिन्न जाँचहरू, साधारण बेड शुल्कदेखि एमआरआई, सीटीस्क्यान, एन्जियोग्राफी, शल्यक्रिया तथा अन्य उपचार सेवाहरूमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । यसबाट आर्थिक गतिविधिमा योगदान पुर्‍याइरहेका व्यवसायी र श्रमजीवी वर्गलाई प्रत्यक्ष लाभ मिल्नेछ ।

यो सम्झौताले स्थानीय उद्योगी-व्यवसायी र अस्पतालबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ । विशेषगरी न्युरो र कार्डियो सम्बन्धी उपचारलाई प्राथमिकता दिँदै आएको न्युरो अस्पतालले जटिल तथा दुर्लभ उपचार पनि सफलतापूर्वक गर्दै आएको छ ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!