संगालोखबर

विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले आज कटहरी–३ स्थित हेल्थ एण्ड हाइजिन प्रोडक्ट प्रा.लि.को उद्योग परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उद्योगका कर्मचारी तथा सेवाग्राहीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

शिविरमा १५० जना कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको जीवन विकास सामुदायिक अस्पतालले जनाएको छ ।

शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञ र नेत्र रोग विशेषज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ ।

भिडियो एक्सरे, रक्तचाप, मधुमेह लगायतको जाँच पनि गरिएको छ । शिविरमा स्वास्थ्य परीक्षण गरी औषधि पनि निःशुल्क वितरण गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!