संगालोखबर


विराटनगर । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको एक वर्षपछि कोशी प्रदेश सभाको अस्थायी सभाहल निर्माण भएको छ । मोरङको कटहरी-१ मा बनेको नयाँ प्रदेश सभा हलमा बुधबार पहिलो बैठक बसेको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा देवकोटा चोकमा रहेको प्रदेश सभा सचिवालय र सभाहल आगजनीसँगै तोडफोडबाट ध्वस्त भएको थियो । त्यसपछि गत कात्तिकमा कटहरीको फलफूल तथा तरकारी थोक तथा खुद्रा बजारको भवनमा प्रदेश सभा सचिवालय सरेको थियो ।

तर उक्त स्थानमा सभाहल नहुँदा विराटनगरको वीरेन्द्र सभागृह भाडामा लिएर प्रदेश सभा बैठक सञ्चालन हुँदै आएको थियो । अस्थायी सभाहल निर्माण भएसँगै बुधबार पहिलो प्रदेश सभा बैठक कटहरीमै बसेको छ ।

सभाहलसँगै समितिको बैठकका लागि समिति हल, संसदीय दलका कार्यालयहरू, समिति सभापतिको कार्यकक्ष, दलका नेताहरूको कार्यकक्ष र बैठक लगायतका हल समेत निर्माण भएका प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए ।

कोशी प्रदेश सचिवालयले विराटनगर महानगरपालिकासँग मासिक ८ लाख रुपैयाँ भाडा तिरेर ५ महिनाका लागि भाडामा लिएको थियो । सो अवधिमा वीरेन्द्र सभागृहमा २२ वटा बैठक बसेका सूचना अधिकारी ढकालले बताए ।

२३ औं बैठक कटहरीबाट सुरु भएको उनले जानकारी दिए । सो अवधिमा महानगरपालिकालाई ५२ लाख भाडा बुझाइएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!