संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-२ स्थित बरगाछी-दुर्गा चोक भित्री सडक खण्डमा ट्रकले ईभी कारलाई ठक्कर दिएको छ ।

आज बिहान ११ः३० बजे बरगाछीबाट दुर्गा चोकतर्फ जाँदै गरेको ना ७ ख ३४३ नम्बरको ट्रकले विराट क्षितिज कलेजको गेटबाट निस्किँदै गरेको बा प्र ०१-०३५ च ००४२ नम्बरको विद्युतीय कारलाई ठक्कर दिएको हो ।

दुर्घटनामा कार पूर्ण रूपमा क्षति भएको छ भने कार चालक विराटनगर-४ का ३२ वर्षीय सुशील घिमिरेलाई केही नभएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।

ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका-२ का ४२ वर्षीय मानबहादुर पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!