संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-१८ जतुवास्थित सुरेश यादवको घरबाट तीन लाख बढीको सामान बरामद भएको छ । विशेष सूचनाका आधारमा आज बिहान छापा हानेर सशस्त्र प्रहरीसहितको टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरी बल नेपाल नं.३ गणको टोलीले तीन लाख ३८ हजार चार सय रुपैयाँ बराबरको रजनीगन्धा र कपडा बरामद गरेको छ ।

उक्त सामानसहित यादवलाई विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!