संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-१४ स्थित सुरेश यादवको घर र गोदाममा सशस्त्र प्रहरीले छापा हानेको छ । ठुलो परिमाणमा अवैध सामान राखेको विशेष सूचनाको आधारमा सशस्त्रले उनको घर र गोदाममा छापा हानेको हो ।

आज बिहानै सुरक्षा तैनाथी बढाएर खानतलासी गरेको सशस्त्र प्रहरीले केही बोरा र झोलामा राखिएका लत्ताकपडा बरामद गरेको छ । छापा मारेर करिब दुई लाख मूल्य बराबरको कपडा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रका अनुसार बरामद गरिएका कपडाहरू थप प्रक्रियाका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको छ । भन्सारमा मूल्याङ्कन भएपछि मात्रै यसको वास्तविक बजार मूल्य खुल्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!