विराटनगरमा बेवारिस अवस्थामा भेटियो १६९ किलो गाँजा
विराटनगर । नेपाल–भारत सीमानजिक पर्ने विराटनगर महानगरपालिका–१७ मा बेवारिस अवस्थामा १६९ किलो गाँजा भेटिएको छ । ६ वटा पोका बनाएर ढुवानी गर्ने तयारीमा राखिएको उक्त गाँजा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले गएराति गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कसले उक्त स्थानमा गाँजा राखेको...































