मोरङको ग्रामथानमा माओवादी उम्मेदवार माझीले फराकिलो बनाउदै अग्रता
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता फराकिलो बनाउदै लगेका छन् ।
राती करिब २ः३० बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले २४१२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार बलराम सरदारले १७४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ९९३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन...



























