विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ स्थित धान खेतमा मानव कंकाल फेला परेको छ । आज बिहान १० बजेतिर मानव कंकाल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
धान काट्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल धान खेतमा छरपस्ट अवस्थामा भेटिएको हो । कंकाल कति पुरानो हो भन्ने खुल्न सकेको छैन ।
कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञसहितको टोली अहिले घटनास्थलमा पुगेको छ ।