संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडाध्यक्ष पक्राउ परेका छन् । उनलाई आज बैंकिङ कसुरमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

‘उहाँको विरुद्धमा जहदा-३ का गुरु दयानन्द ठाकुर भन्ने व्यक्तिबाट बैंकिङ कसुरमा जाहेरी परेको थियो’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले संगालोखबरसँग भने, ‘कात्तिकमा मुद्दा दर्ता भएको थियो । मंसिर २५ मा जिल्ला अदालतबाट पक्राउपुर्जी जारी भएको थियो । त्यसकै आधारमा आज पक्राउ पर्नु भएको हो ।’

Advertisement

बाँकी अन्य प्रक्रिया भोलिबाट सुरु हुने डीएसपी जोशीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!