विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगरमा मनसुनजन्य विपदको क्षति कम गर्न पूर्वतयारी सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवाला सहितको बैठक बसी पूर्वतयारी सुरु गरिएको हो । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित ...
विराटनगरका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने

विराटनगरका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने

विराटनगर । विराटनगर महानगरपालिका र ग्रामथान गाउँपालिकाका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने भएको छ । ११ केभीको टंकी फिडर, कंचनबारी, कटहरी, भृकुटी, जामुनगाछी, नहर र झोराहाट फिडर अन्तरगतका एरियामा विद्युत अवरुद्ध हुने भएको हो । विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तरगत रहेको टंकी सब स्टेसनमा ११ केभी नयाँ प्यानल जडान तथा डबल सर्किट निर्माणको काम गर्नुपर्ने भएकाले उक्त फिडरहरू भएक...
विराटनगरमा आयोजित कार्यक्रममा ३७ जनाले गरे रक्तदान

विराटनगरमा आयोजित कार्यक्रममा ३७ जनाले गरे रक्तदान

विराटनगर । एनएमबी बैंक विराटनगरले आयोजना गरेको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीले रक्तदान गरेको कार्यक्रम संयोजक सन्तोषप्रसाद दाहालले जानकारी दिए । रक्तदाता कर्मचारी तथा सेवाग्राहीलाई प्रशंसापत्र प...
विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगर । विराटनगरमा शनिबारदेखि असार ५ गतेसम्म नाटक महोत्सव आयोजना हुँदैछ । हाटखोलास्थित नाटकघरमा हुने महोत्सवमा कोशी प्रदेशका विभिन्न ६ समूहले नाटक मञ्चन गर्नेछन् । उद्घाटनको दिन अपराह्न ४ः३० बजे आयोजक आरोहण विराटनगरको नाटक ‘चौथो अध्याय’ मञ्चन हुने जनाइएको छ । त्यस्तै, असार २ गते कदम थिएटरले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गर्नेछ । असार ३ गते दिउँसो १ बजे ह्वी क्यान संस्थाले ‘स्कूल...
मोरङको जहदामा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको जहदामा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मा करेन्ट लागेर बिहिवार दिउँसो एकजना महिलाको मृत्यु भएको छ । उनकी बुहारी घाइते भएकी छन् । प्रहरीका अनुसार करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको हो । करेन्ट लागेर उनकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको मोटर चलाएर कपडा धुन पानी प्रयोग गर्ने क्रममा उ...
विराट मेडिकल कलेजको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तको आरोप

विराट मेडिकल कलेजको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तको आरोप

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा डाक्टरको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का रोशन साहले मंगलबार बेलुका प्रसूति गराउन पत्नीलाई विराटमा भर्ना गराएका थिए । मंगलबार राति नै अप्रेसन गरेर प्रसूति गराइएको थियो । बिहीबार बिहान शिशुको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । साहले डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु भएको...
मोरङको जहदामा आगलागी हुँदा लाखौंको क्षति

मोरङको जहदामा आगलागी हुँदा लाखौंको क्षति

विराटनगर । मोरङको जहदामा बिहीबार बिहान भएको आगालागीमा लाखौं रुपैयाँको क्षति भएको छ । जहदा गाउँपालिका–७ भीमपुरका सुरेशप्रसाद सिंहको गोदाममा भएको आगलागीमा धान र जुट जलेर नष्ट भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आगलागीका कारण करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गोदाममा रहेको करिब साढे तीन सय क्वीन्टल जुट तथा ९५० क्वीन्टल धान जलेको प्रहरीले जनाएको छ । ब...
बेपत्ता भएका मोरङको बेलबारीका बालक मृत फेला

बेपत्ता भएका मोरङको बेलबारीका बालक मृत फेला

विराटनगर । बुधबार बेलुकादेखि बेपत्ता भएका मोरङको बेलबारीका एक बालक मृत अवस्थामा फेला परेका छन् । बेलबारी नगरपालिका–६ स्थित नहरमा बिहिवार बिहान उनी मृत अवस्थामा भेटिएका हुन् । बेलबारी–६ निवासी विनोद वनका ६ वर्षीय छोरा विवश वन सम्पर्कबिहीन भएपछि प्रहरी, आफन्त र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यही क्रममा नहरमा उनलाई फेला पारिएको हो । प्रहरीका अनुसार बालकको शव नहरमा डुबेको अवस्थामा फेला ...
खैरो हेरोइनसहित विराटनगरबाट चारजना पक्राउ

खैरो हेरोइनसहित विराटनगरबाट चारजना पक्राउ

विराटनगर । विराटनगरबाट खैरो हेरोइनसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–१५ बाट मोरङको सुन्दरहरैँचाका २१ वर्षीय मदन चौधरी र भोजपुरका २० वर्षीय विनोद शिवालाई बुधबार बेलुका पक्राउ गरेको हो । उनीहरुको साथबाट ४१.३३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, सुनसरीको दुहबी नगरपालिका–४ का २० वर्षीय पारस चौधरी र झापाको गौरा...
नयाँ स्वरुपमा विराटनगरको वीरेन्द्र सभागृह

नयाँ स्वरुपमा विराटनगरको वीरेन्द्र सभागृह

विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सभागृहको पहिलाकै संरचनालाई पुनःनिर्माण गरेर सुविधासम्पन्न बनाइएको हो । सभागृहभित्र ४२० वटा सामान्य सिट बनाइएको छ भने १२ वटा ‘भीआइपी सिट’ निर्माण गरिएको छ । यस्तै, सभागृहमा मिडिया सेन्टर, थिएटर, भीआइपी कक्ष, मिटिङ हल, भीआइपी वेटिङ रुम, चेन्जिङ रुमलगायत सुविधा छन् । २०७८ बैशाखमा ठेक्का सम्झौता भएपछि समानान्तर जोशी, ...
मोरङको विराटचोकमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

मोरङको विराटचोकमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटचोकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजातको चोरीको मोटरसाइकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० वर्षीय शंकर दाहाल र धनपालथान गाउँपालि...
विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक ‘चौथो अध्याय’ मञ्चन सुरु भएको छ । रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय नामको नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ । जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटक हरेक दिन बेलुका ५ः३० बजे मञ्चन हुँदैछ । एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवम...
मोरङको सुन्दरहरैँचामा हात्तीको छावा मृत भेटियो

मोरङको सुन्दरहरैँचामा हात्तीको छावा मृत भेटियो

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । सब डिभिजन कार्यालयका अनुसार बुधबार बिहान स्थानीय बासिन्दाको केराको बगानभित्र छावा मृत अवस्थामा भेटिएको हो । छावाको कसरी मृत्यु भएको भन्ने खुलेको छैन । सुँड छेउमा सामान्य चोट देखिएको वन कार्यालयले जनाएको छ । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ प्राविधिकको टोली आएर अध्ययन गरेपछि विस्तृत कुरा थाहा हुने...
न्यायिक समितिमा जग्गा, पैनी विवाद र घरेलु हिंसाका मुद्दा बढी

न्यायिक समितिमा जग्गा, पैनी विवाद र घरेलु हिंसाका मुद्दा बढी

विराटनगर । स्थानीय तहको न्यायिक समितिमा जग्गा किचलो, कुलो पैनीको विवाद एवं घरेलु हिंसाका मुद्दा बढी आउने गरेको पाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा सञ्चालन गरेको ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रमको अध्ययनका क्रममा यस्तो पाइएको हो । ग्रामीण क्षेत्रमा लागुऔषधको समस्या पनि बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रका युवायुवती लागुऔषधको कुलतमा फस्दै गएको सो कार्यक...
विराटनगरको उत्तरी स्वागतद्वार डिजाइनमै सीमित

विराटनगरको उत्तरी स्वागतद्वार डिजाइनमै सीमित

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर प्रवेश गर्ने उत्तरी क्षेत्रमा बनाउने भनिएको स्वागतद्वारको डिजाइन सार्वजनिक गरेको लामो समय भइसकेको छ । अहिलेसम्म यसको निर्माण कार्य अघि बढ्न भने सकेको छैन । ६ लेन सडक बिस्तार भएसँगै अहिले भएको स्वागतद्वार साँघुरो भएपछि नयाँ बनाउने जनाइएको थियो । बाटो फराकिलो भएपनि स्वागतद्वार साँघुरो हुँदा दुर्घटनाको जोखिम पनि छ । महागनरपालिकाले २०७७ पुसमा स्वागतद्वारको ...
धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर । धनकुटा, झापा, मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले गाँजासहित विभिन्न किसिमका लागुऔषध बरामद गरेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट ३० वर्षीय सुकदेव राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । आँखिसल्लास्थित प्रहरी चौकीको टोलीले उनलाई पाँच सय ग्राम गाँजा र विभिन्न नामका प्रतिबन्धित औषधिसहित पक्राउ...
विराटनगरमा ट्यांकर र भ्यान ठोक्कियो, एकजनाको मृत्यु ५ घाइते

विराटनगरमा ट्यांकर र भ्यान ठोक्कियो, एकजनाको मृत्यु ५ घाइते

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा सोमबार अपराह्न इन्धनको ट्यांकर र म्याजिक भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भ्यानमा रहेका पाँचजना यात्रु घाइते भएका छन् । दुर्घटनामा भ्यान चालक सुनसरीको इटहरी–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोक्किएको थियो । मोरङ प्रहरीका प्रवक्त...
विराटनगरको फोहोर व्यवस्थापनमा अझै चुनौती

विराटनगरको फोहोर व्यवस्थापनमा अझै चुनौती

विराटनगर । सफा सडक अनि सडक पेटी । फोहोरको कुनै नाम निसान छैन । यस्तो सफा अनि स्वच्छ सहर कहाँको हो ? सोच्नुहोस् त । ‘यो पक्कै पनि विराटनगर महानगरपालिकाको हो’ भन्ने दिन कहिले आउने होला ? महानगरपालिका, महानगरबासी र फोहोर व्यवस्थापन गर्दै आएका संस्थाहरूले सक्रिय भएर आ–आफ्नो कर्तव्य पूरा गर्ने हो भने पक्कै पनि यस्तो अवस्था आउन धेरै समय लाग्दैन । अहिलेको अवस्था नियाल्दा आफ्नो कर्तव्य पालना गर्न सबै ...
नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरू

नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरू

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सा विद्यार्थीहरुको सहभागितामा हुने सप्ताहव्यापी खेलकुद ‘नोवेल फिएस्टा’ सुरु भएको छ । एमबीबीएस, बीडीएस लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत् विद्यार्थीहरुले प्रत्येक वर्ष खेलकुद कार्यक्रम आयोजना गरी ‘नोवेल फिएस्टा’ मनाउँदै आएका छन् । यस वर्ष पनि एमबीबीएस १५औं ब्याच र बीडीएस १०औं ब्याचका विद्यार्थीहरुको सहभागितामा खेलकुद सुरु भएको हो । कार्यक्...
अवैध रुपमा सुन ल्याउने मोरङका युवकसहित चारजना पक्राउ

अवैध रुपमा सुन ल्याउने मोरङका युवकसहित चारजना पक्राउ

विराटनगर । अवैध रुपमा ल्याइएको सुनसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतवार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना मोरङका युवक पनि छन् । प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका–९ घर भएका ३१ वर्षीय सरोज कोइराला, रौतहटका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीको सुरुङ्गाका २१ वर्षीय मोहमद अरमान र सप्तरीकै ३७ वर्षीय ज्याउदिन मिया पक्राउ परेका हुन् । भन्सार छलेर अवै...
विद्यार्थीहरुद्वारा विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड

विद्यार्थीहरुद्वारा विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा आइतवार सरकारी गाडीमा आगजनी गरेका छन् । केही गाडीमा उनीहरुले तोडफोड समेत गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । उनीहरुले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा महेन्द्र मोरङ क्याम्पस अगाडि आगजनी गरेका हुन् । यसैगरी, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीम...
प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन तयार छुः गृहमन्त्री लामिछाने

प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन तयार छुः गृहमन्त्री लामिछाने

विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षले उठाएका विषयमा आफू जवाफ दिन तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिजो पनि आफूमाथि लगाएको आरोपको जवाफ दिँदै आएको र भोलि पनि प्रतिपक्षले कुनै विषय उठाए त्यसको जवाफ दिने बताएका हुन् । देशको सूचना विदेशीलाई बेचेको भन्ने सन्दर्भको प्रश्नमा लामिछानेले आफूले संसदमा बोल्दा कुनै दलका नेताको नाम नलि...
कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

विराटनगर । कोशी प्रदेशका चारवटा जिल्लामा शनिबार एकै दिन १५ वटा सवारी दुर्घटना भएका छन् । झापा, मोरङ, सुनसरी र भोजपुरमा भएका दुर्घटनामा २९ जना घाइते भएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बढी दुर्घटना मोरङ र झापामा भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा को ११ प ३४११ नम्बर मोटरसाइकलको ठक्करले पैदलयात्री स्थानीय ६३ वर्षीया कमला दाहाल घाइते भएकी छन् । उनको विराट टिचिङ अस्पतालमा उपचा...
फेरि उठ्दै ‘कोशी’ नाम खारेजी र प्रदेश पुनःसंरचनाको माग

फेरि उठ्दै ‘कोशी’ नाम खारेजी र प्रदेश पुनःसंरचनाको माग

विराटनगर । देशका सातवटा प्रदेशमध्ये सबैभन्दा पछिल्लो पटक नामकरण भएको ‘कोशी प्रदेश’ नाम खारेजी गर्नुपर्ने माग फेरि उठ्न थालेको छ । प्रदेशसभाले तत्कालीन ‘प्रदेश नम्बर १’ लाई कोशी नामकरण गरेसँगै पहिचान पक्षधर संगठन र दलहरुले आपत्ति जनाउन थालेका थिए । उनीहरुले प्रदेशको नाम खारेज गर्नुपर्ने र पहिचानका आधारमा नामकरण गरिनुपर्ने माग जोडतोडले उठाए । महिनौंसम्म आन्दोलन भयो । प्रदेश राजधानी विराटनगरकेन्द्...
‘विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी’

‘विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी’

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बाल भेला सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । महानगरका १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताए । उनले तत्कालीन गाउँ विकास समिति बुधनगर र बैजनाथपुरलाई विराटनगरमा गाभ...
मोरङको रंगेलीका नगर प्रहरीमाथि कुटपिट, ६ जना पक्राउ

मोरङको रंगेलीका नगर प्रहरीमाथि कुटपिट, ६ जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि शुक्रबार कुटपिट भएको छ । विद्यार्थीहरुको एक समूहले गरेको कुटपिटबाट चारजना नगर प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । कुटपिटबाट नगर प्रहरीहरू प्रमोद पासवान, सुनिता पौडेल, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । निजी विद्यालयले नियमविपरीत शुल्क लिइरहेको साथै शिक्षक छनोटमा मनपरी गरेको भन...
कारको ठक्करले मोरङको कानेपोखरीमा साइकलयात्रीको मृत्यु

कारको ठक्करले मोरङको कानेपोखरीमा साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा कारले ठक्कर दिंदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा बिहिवार राति भएको दुर्घटनामा अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । बेलबारीबाट पथरीतर्फ आइरहेको मे १ च ३३६६ नम्बरको कारले साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका मधेसी मूलका जस्तो द...
पैनी र नाला सफाइ गर्दै विराटनगर महानगर

पैनी र नाला सफाइ गर्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरलाई डुबानमुक्त बनाउन महानगरपालिकाले नाला र पैनी तथा ढल सफाइ गर्न थालेको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै महानगरका विभिन्न क्षेत्र जलमग्न हुने गरेको थियो । कोशी प्रदेश संसद भवन अगाडिबाट सुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी रहेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले बिहीबार विराटनगर–६ स्थित केशलिया रोडको नालाको सफाइको अनुगमन गरेका थिए ।...
कोशी अस्पतालको मेसुमा डा. सिंह नियुक्त

कोशी अस्पतालको मेसुमा डा. सिंह नियुक्त

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट (मेसु) मा डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार डा. सिंहलाई ११ महिनापछि पुनः मेडिकल सुपरिण्टेण्डेण्टमा नियुक्त गरिएको हो । सिंह यसअघि पनि मेसु भएका थिए । तर नियुक्त भएको पाँच महिनामा उनलाई हटाएर डाक्टर चन्दभाल झालाई मेसु नियुक्त गरिएको थियो । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिन...
आफैंलाई आगो लगाएका विराटनगरका कामतको उपचारका क्रममा मृत्यु

आफैंलाई आगो लगाएका विराटनगरका कामतको उपचारका क्रममा मृत्यु

विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका विराटनगरका ३९ वर्षीय पवनकुमार कामतको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । कामतले विराटनगर–७ मा मंगलबार बेलुका शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आगोले शरीरको करिब ७० प्रतिशत भाग जलेका कामतको कोशी अस्पतालमा उपचार भइरहेको थियो । ...
साताव्यापी कार्यक्रम आयोजना गर्दै विराटनगर जेसीज

साताव्यापी कार्यक्रम आयोजना गर्दै विराटनगर जेसीज

विराटनगर । विराटनगर जेसीजले विभिन्न कार्यक्रम गरी ‘जेसीज सप्ताह’ मनाउने भएको छ । ५१ वर्षको इतिहास बोकेको विराटनगर जेसीजले जेठ २६ गतेदेखि एक सातासम्म विभिन्न कार्यक्रम गर्ने भएको हो । जेठ २६ गते सहिद रङ्गशालामा दौड प्रतियोगिता आयोजना गरिने विराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाले जानकारी दिए । दौडमा प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार पुरस्कार प्रदान गरिनेछ । जेठ ...
error: Content is protected !!