मोरङको बुढीगंगामा मृत भेटिएकी युवतीको अझै खुलेन पहिचान, बलात्कारपछि हत्याको आशंका
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ कोयलपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहर नजिक सडेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेको छैन । शनिबार दिउँसो एक युवतीको शव नग्न र सडेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले युवतीको उमेर १८ देखी २० वर्ष हुनसक्ने अनुमान गरेको छ । शव भेटिएको चारदिन भइसक्दा पनि पहिचान हुन नसकेपछि प्रहरीले युवतीका कपडा, चप्पल र गहना सार्वजनिक गरेर पहिचानको प्रयास गरिरह...






























