संगालोखबर


विराटनगर । विराटनगर-१६ दरैयाबाट अवैध औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-१६ का २६ वर्षीय सिकन्दर यादव छन् । औषधी फालेर भाग्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः४० बजे भारतबाट बीआर ३८ एच २२२७ नम्बरको मोटरसाइकलमा राखेर भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले औषधी बरामद गरेको हो ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार मोटरसाइकलसहित चार कार्टुन (२३० बट्टा) ओमेघाटाइम क्याप्सुल, प्रोकल-डी-ट्याब्लेट ४७ बट्टा र ट्रमाकल-एम-ट्याब्लेट ७९२ बट्टा औषधी बरामद भएको छ ।

जसको मूल्य सात लाख ९० हजार तीन सय हुन आउने प्रहरीले जनाएको छ । पक्राउ परेका यादवसहित मोटरसाइकल र औषधी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!