संगालोखबर


विराटनगर । मोरङमा दाजु-भाइबीचको अंश विवाद हुँदा देवरले हँसिया प्रहार गरेर भाउजूको हत्या गरेका छन् । रतुवामाई नगरपालिका-६ का ६९ वर्षीय टंकबहादुर बस्नेतले ६० वर्षीया भाउजू टीकामाया कार्की बस्नेतको हत्या गरेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार असार २१ गते शनिबार दिउँसो ४ बजे गणेशबहादुरकी श्रीमती टीकामाया आफ्नै बारीमा मृत फेला परेको सूचना आएको थियो ।

Advertisement

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवा र कोशी अस्पतालबाट फरेन्सिकसहितको टोली घटनास्थलमा खटिएको थियो । शवको परीक्षण गर्दा टाउको पछाडि गहिरो चोट लागेको पाइएपछि अनुसन्धान गर्दै जाँदा देवरले हत्या गरेको खुलेको डीएसपी चुडालले जानकारी दिइन् ।

टीकामाया बोल्न नसक्ने र इसाराले मात्रै कुरा गर्न सक्थिन् ।  दाजु-भाइबीच अंश सम्बन्धी मुद्दा चली उच्च अदालतबाट फैसला समेत भइ सकेकोमा सोही विषयलाई लिएर आपसी झै-झगडा हुनेगरेको खुलेको डीएसपी चुडालले जानकारी दिइन् ।

सोही रिसइबीका कारण हँसियाको बिँडले टाउकोको पछाडि प्रहार गरेर हत्या गरेको पाइएपछि सोमबार टंकबहादुरलाई पक्राउ गरिएको उनको भनाइ छ । घटनामा प्रयोग भएको हँसियासहित घरबाटै पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!