
विराटनगर । मोरङको रंगेली नगरपालिका-९ मा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-६ दादरबेरियाका १० वर्षीय प्रशान्त विश्वकर्मा छन् ।
उनको आज दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार प्रशान्त रंगेली-९ बेलचोकस्थित मामाघरमा गएका थिए । उनलाई मामाघरनजिकैको सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारेर स्थानीयले उपचारका लागि रंगेली अस्पताल लगेका थिए ।
तर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले पोष्टमार्टमका लागि शव रंगेली अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा बालक पोखरीमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

संगालोखबर 













