
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार गाँजा तौल गर्दा ८ सय २ किलो छ । प्रहरीले गाँजा बरामद गरेसँगै अनुसन्धान अघि बढाएको छ । गाँजा कसको र कहाँ लान खोजिएको भन्ने खुल्न बाँकी छ ।

संगालोखबर 













