
विराटनगर । जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका-५ घर भएका ४० वर्षीय सन्तोष पालको मृत्यु भएको हो ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार पाललाई जरबजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो ।
उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बुधबार साँझ ६ः२५ बजेतिर मृत्यु भएको हो । शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते अस्पताल भर्ना गरिएको थियो ।
उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । जेलर ढुंगेलका अनुसार मृतकको शव परिवारलाई जिम्मा लगाइएको छ ।

संगालोखबर 













