मोरङ कारागारका थुनुवाको उपचारका क्रममा मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मोरङ कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई शनिवार साँझ कोशी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि पनि उनलाई पटक-पटक अस्पताल भर्ना गर्ने गरिएको उनले जानकारी दिए ।
‘उहाँ...






























