संगालोखबर


विराटनगर । विराटनगर-५ पुल्चोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-२ का १९ वर्षीय विकाश कुमार यादव र भारतको बिहार भवानीपुरका १९ वर्षीय कृष्णकुमार मेहता छन् ।

बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा बसिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ५३.१७ ग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

Advertisement

पक्राउ परेका दुबै जनालाई स्कुटरसहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!