मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुराहरू आउँदा भ्रम सिर्जना भएको बताएका छन् । प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । गलत र भ्रमपूर्ण प्रचारलाई परास्त गर्दै सत्य र तथ्यलाई जनताका बीचमा सम्प्रेषण गर्ने काम समग्र मिडिया क्षेत्रको भएको उनले बताए । ‘कहिलेकाँही मैले कतिपय ठाउँहरूमा देखेको...
प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन सुरु भएको छ । विराटनगरको कञ्चनजङ्गा होटलमा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्‌घाटन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरे । अधिवेशनबाट चौतारी कोशी प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा आयोजक र प्रतिनिधिसहित करिब दुई सय जना सहभागि छन् । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
जामुनगाछी-केसलिया सडक जेठसम्ममा कालोपत्रे हुन्छ : मेयर कोइराला

जामुनगाछी-केसलिया सडक जेठसम्ममा कालोपत्रे हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने गणेश चोकदेखि केसलियासम्मको सडक आगामी जेठसम्ममा कालोपत्रे हुने नगरप्रमुख नागेश कोइरालाले दावी गरेका छन् । आज महानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो दावी गरेका हुन् । हुलाकी राजमार्ग अन्तरगत पर्ने करिब तीन किलोमिटर सडक दशक बढी समयदेखि अलपत्र छ । उक्त सडकको काम महानगरकै समन्वय र दबाबका भइरहेको उल्लेख गरे । उनले आफ्नो का...
बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने

बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ । आगामी फागुन १६ देखि २० गतेसम्म तमु बुद्विष्ट गुम्बामा प्रर्दशनी गर्न लागेको हो । समसामयिक र परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोक कला साथै टिपिकल रैथाने कला प्रदर्शनी हुने छन् । यस्तै प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको...
मोरङको उर्लाबारीमा किशोरको शव फेला

मोरङको उर्लाबारीमा किशोरको शव फेला

विराटनगर । मोरङको उर्लाबारीमा पैनीमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । आज बिहान उर्लाबारी नगरपालिका-२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव फेला परेको हो । ‘छारे रोगका बिरामी रहेछन् । राति साथी र बुबासँगै सुतेको बुझियो । बिहान पाँच बजे हेर्दा मान्छे देखेनछन्’, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले संगालोखबरसँग भने, ‘रोगले भेट्दा पहिला पनि हिड्ने गरेको रहेछ । खो...
शिक्षादीपका विद्यार्थीले बनाए रोबर्ट

शिक्षादीपका विद्यार्थीले बनाए रोबर्ट

विराटनगर । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले वार्तालाप गर्ने रोबर्ट बनाएका छन् । ६ दिने कार्यशालामा विद्यार्थीले कन्भर्सेसन गर्ने रोबर्ट बनाएका हुन । रोबर्टसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्तालाप गरेका छन् । शिक्षादीप कलेजले कोड हिमालय र द स्क्वास चेन्ज मेकरसँगको प्राविधिक सहयोगमा विद्यार्थीका लागि आयोजना गरेको ६ दिने रोबोटिक्स खगोल विज्ञान उड्यन र आईटी कार्यशालामा वि...
विराटनगरमा रानी मिनी महोत्सव हुँदै

विराटनगरमा रानी मिनी महोत्सव हुँदै

विराटनगर ।  विराटनगर-१५ स्थित गौतम बुद्ध स्कूल नजिकै रहेको खाली मैदानमा लालीगुराँस स्पोटिङ क्बलको आयोजनामा रानी मिनी महोत्सव हुने भएको छ । माघ २९ देखी फागुन २७ गते सम्म महोत्सव हुन लागेको हो  । महोत्सवमा खाद्य र मनोरञ्जनसहित सात वटा स्टल रहने महोत्सवका सल्लाहकार मिलन थापाले जानकारी दिए । बालबालिकाको खेलकुद सक्रियता अभिवृद्धि गर्न तथा निःशुल्क प्रशिक्षण प्रदान गर्न महोत्सव आयोजना गरिएको उनको भना...
सुन्दरहरैँचामा माघ ३० देखि चौथो संस्करणको विराट एक्स्पो 

सुन्दरहरैँचामा माघ ३० देखि चौथो संस्करणको विराट एक्स्पो 

विराटनगर । मोरङको सुन्दरहरैँचामा माघ ३० गतेदेखि चौथो संस्करणको विराट एक्स्पो सुरु हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको एक्स्पो आगामी फागुन १० गतेसम्म संचालन हुनेछ । सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिएको संयोजक भोलेश्वर दुलालले जानकारी दिए । आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइए...
बराहक्षेत्र सम्पर्क समाज विराटनगरको वार्षिक कार्यक्रम सम्पन्न

बराहक्षेत्र सम्पर्क समाज विराटनगरको वार्षिक कार्यक्रम सम्पन्न

विराटनगर । बराहक्षेत्र सम्पर्क समाज विराटनगरले वार्षिक कार्यक्रमसँगै विभिन्न चार वटा उपसमिति गठन गरेको छ । मोरङको कटहरी स्थित गोपाल फनपार्कमा पारिवारिक मिलन तथा बनभोज कार्यक्रम गर्दै आगामी वर्षका लागि उपसमिति गठन गरेको हो । बराहक्षेत्र नगरपालिका भित्र रहेको तत्कालीन बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गरी पाँच गाविसमा जन्मेर विराटनगर र आसपास बसोबास गर्नेहरू सम्पर्क समाजमा जोडिएका ...
मोरङका सबै वडाबाट अनलाइन नागरिकताको सिफारिस सुरु

मोरङका सबै वडाबाट अनलाइन नागरिकताको सिफारिस सुरु

विराटनगर । मोरङमा अनलाइन नागरिकता सिफारिस प्रणालीको शुभारम्भ गरिएको छ । आजबाट मोरङका १७ वटा स्थानीय तहका एक सय ५९ वडाबाट अनलाइन प्रविधिको प्रयोग गरेर नागरिकता सिफारिस गर्न सकिने छ । सरकारले नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) नामक ‘सफ्टेवयर’ बनाएको छ । त्यही ‘सफ्टवेर’ मा अभिलेख भएको विवरणका आधारमा नागरिकता ‘प्रिन्ट’ गरेर जारी गरिन्छ । ...
चेतना संरक्षण प्रतिष्ठानको वार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत 

चेतना संरक्षण प्रतिष्ठानको वार्षिकोत्सवमा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत 

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । २० औं वार्षिकोत्सवमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधामा पुरस्कृत गरेको हो । प्रतिष्ठानले एक लाख ५१ हजार नगद राशीको धर्मानन्द-रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार साहित्यकार चूडामणि बन्धुलाई प्रदान गरेको छ । जनही ५१ हजार राशीको बा...
मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो विराटनगर-१० सोमबारे चोकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको हो । रानीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १-०२-०४६ प २३१३ नम्बरको स्क...
विराटनगरमा एक पुरुष मृत फेला

विराटनगरमा एक पुरुष मृत फेला

विराटनगर । विराटनगर-३ मा एक पुरुष घरभित्रै मृत फेला परेका छन् । आज बिहान ४५ वर्षीय सरोज पोखरेल आफ्नै घरको कोठाभित्र मृत फेला परेका हुन् । बुधबार राति खाना खाएर सुतेका उनी अबेरसम्म नउठेपछि परिवारका सदस्यले बोलाएका थिए । उनी नबोलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली पुगेर हेर्दा उनी ओछ्यानमा नै मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । मृत्युको कारण...
विश्व क्यान्सर दिवसमा नोवेल र लियोको सहकार्यमा कार्यक्रम

विश्व क्यान्सर दिवसमा नोवेल र लियोको सहकार्यमा कार्यक्रम

विराटनगर । नोबेल क्यान्सर अस्पताल विराटनगर र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रम गरिएको छ । फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवसको अवसरमा कार्यक्रम गरिएको हो । मङ्गलबार बिहान नोबेलबाट सहिद रंगशालासम्म पाँच किलोमिटर दौड आयोजना गरिएको थियो । जसमा केन्याका नागरिक प्रथम भएका थिए । यसैगरी विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उपस्थितिमा क्यान्सर सम्बन्धी सचेतनामूलक र्‍...
‘विराट एक्स्पो उपलब्धिमूलक भयो’

‘विराट एक्स्पो उपलब्धिमूलक भयो’

विराटनगर । गत माघ १२ गतेबाट सुरु भएको विराट एक्स्पो माघ २० मा सम्पन्न भएको छ । उद्योग सङ्गठन मोरङले आयोजना गरेको एक्स्पो दुई लाख बढीले अवलोकन गरे । एक्स्पोमा कक्षा ११ र १२ मा अध्ययनरत विभिन्न जिल्लाका तीन हजार विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी जानकारी गराइएको थियो । एक्स्पोमा विद्यार्थीहरूलाई कफी, पङ्खा, सिसिटिभी जडान र मर्मत गर्ने सम्बन्धी एक हजार तीन सय पाँच जनालाई तालिम उपलब्ध गराइएको थियो । ...
प्रेस चौतारीको स्थापना दिवसमा मोरङका तीन पत्रकार सम्मानित

प्रेस चौतारीको स्थापना दिवसमा मोरङका तीन पत्रकार सम्मानित

विराटनगर । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले तीन जना पत्रकारलाई सम्मान गरेको छ । आज कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उनीहरूलाई सम्मान गरेका हुन् । १५ हजार राशीको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । यस्तै विद्यावारिधि गर्ने प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व ...
मदरल्याण्डको भजन प्रतियोगितामा राम जानकी आमा समुह प्रथम

मदरल्याण्डको भजन प्रतियोगितामा राम जानकी आमा समुह प्रथम

विराटनगर । विराटनगर-५ मा रहेको मदरल्याण्ड स्कुलले आयोजना गरेको भजन-कीर्तन प्रतियोगितामा पोखरियाको राम जानकी आमा समूह प्रथम भएको छ । सोमबार राति सम्पन्न भएको प्रतियोगितामा पञ्चेश्वर भजन कीर्तन मण्डली द्वितीय र लक्ष्मीनारायण भजन मण्डली तृतीय भए । प्रथम, द्वितीय र तृतीय क्रमशः २१ हजार, १६ हजार र १० हजार नगदसहित पुरस्कृत भएका थिए । प्रतियोगितामा चौथौ देखि छैटौँ हुनेलाई सान्त्वना पुरस्कार स्वरुप नग...
प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैँचा नगरपालिका-६ दुलारीको पूर्वाञ्चल एकेडेमीले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राति सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ काश्य प्राप्त गर्दै उपाधि जितेको हो । यस्तै कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकेडे...
विराटनगरको आदर्श माविमा सरस्वती पूजा तथा वार्षिकोत्सव (फोटो फिचर)

विराटनगरको आदर्श माविमा सरस्वती पूजा तथा वार्षिकोत्सव (फोटो फिचर)

विराटनगर । विराटनगरको आदर्श माध्यमिक विद्यालयले आज ९६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदैछ । आदर्श विद्यालय नेपालका जेठो विद्यालयहरू मध्येको एक हो । वार्षिकोत्सवका अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा पनि हो । तस्बिरमा हेर्नुहोस् आदर्शको सरस्वती पुजा तथा वार्षिकोत्सवको झलकहरू : तस्बिर : ...
नोबेलमा नेपालमै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिबाट उपचार

नोबेलमा नेपालमै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिबाट उपचार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि भित्र्याएको छ । नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याएको नोबेलले हजारौँ बिरामीको सफल उपचार गरिसकेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया गर्न सफल भएको नोबेलको दाबी छ । यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गत...
झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका-१ मा आज बिहान करिब साढे चार बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा झापा गाउँपालिका-६ शरणामतीका ५० वर्षीय हरिप्रसाद उप्रेतीको...
विराटनगरबाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ

विराटनगरबाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ परेका छन् । आज बिहान दुई नम्बर ढाटबाट सशस्त्र प्रहरीले चेकजाँचका क्रममा विराटनगर-१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सशस्त्र प्रहरीले रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नलीखुट्टा बरामद गरेको हो । ‘भर्खरै सशस्त्र प्रहरीले हामी...
प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

विराटनगर ।  १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा हिजोदेखि स्पोर्ट्स मिट सुरु भएको हो । स्पोर्ट्स मिटको उद्‌घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरेका थिए । पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राई प्रथम भए । त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौधरी द...
पूर्वमा १७ वर्षसम्म सेवा दिएका वरिष्ठ न्युरो सर्जन डा. रोकालाई सम्मान

पूर्वमा १७ वर्षसम्म सेवा दिएका वरिष्ठ न्युरो सर्जन डा. रोकालाई सम्मान

विराटनगर । मोरङको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र विराट नर्सिङ होमले वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोकालाई सम्मान गरेको छ । आज टिचिङ अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर डा. रोकालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा डा. रोकालाई सम्मान गरेका थिए । प्रदेश प्रमुख खाप...
एक सय दुई पटक रक्तदान गर्ने विराटनगरका श्रेष्ठ सम्मानित

एक सय दुई पटक रक्तदान गर्ने विराटनगरका श्रेष्ठ सम्मानित

विराटनगर । एक सय दुई पटक रक्तदान गर्ने विराटनगरका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर-७, देवकोटा चोकमा  गरिएको कार्यक्रममा उच्च अदालत विराटनगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले श्रेष्ठलाई सम्मान गरेका थिए । अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताउँदै...
कोशी सरकारले पहिचानवादीलाई वार्तामा बोलायो

कोशी सरकारले पहिचानवादीलाई वार्तामा बोलायो

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृ...
वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत युरोप, अमेरिका, कुवेत, दुबईलगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहित कुमार पासवान, विराटनगर-८ का २३ वर्षीय करण भनिने अमित राय, कटहर...
मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

विराटनगर । मोरङमा एकै परिवारका ३० जनाले बाबुको काजकिरिया गरेका छन् । बुढीगंगा गाउँपालिका-४ का ८८ वर्षीय शारदाप्रसाद भट्टराईको निधन भएपछि छोरा, छोरी र बुहारीसहित ३० जनाले काजकिरिया गरेका हुन् । भट्टराईका तीन जना श्रीमती छन् । उनीहरूबाट १० छोरा र आठ छोरीको जन्म भयो । जसमध्ये एक छोरीको भने निधन भइसकेको छ । बुढीगंगा-४ नेमुवास्थित छोरा गोविन्द भट्टराईको घरमा बाबुको काजकिरिया गरिएको हो । स्वर्गीय भट...
मनमोहनमा एलएलबीको पढाइ सुरु 

मनमोहनमा एलएलबीको पढाइ सुरु 

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाइ सुरु भएको छ । विश्वविद्यालयको  ‘स्कुल अफ अप्लाइड साइन्स टेक्नोलोजी अफ ल’ अन्तर्गत व्यवस्थापन कानुन ‘बिबिए एलएलबी’ स्नातक तहको पढाई आजबाट औपचारिक रूपमा सुरु भएको हो । विश्वविद्यालयले कानुन अध्ययन गर्न भर्ना भएका बिबिए एलएलबी तहका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई अभिभुखिकरण गराएको छ । मनमोहन प्राविधिक विश्वविद्या...
एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने तय भएको छ । सोमबार विराटनगरमा बसेको जिल्ला सङ्गठन कमिटीको तेश्रो पूर्ण बैठकले फागुन १७ देखि १९ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो । पाटी भित्र आन्तरिक विवा...
प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत निर्वाचित भएकी छन् । ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भएकी छन् । उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत निर्वाचित भएक...
error: Content is protected !!