संगालोखबर


विराटनगर । मोरङको जहदा गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको छ । गाउँपालिकाले दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको हो ।

गाउँपालिकाका अनुसार करार दरबन्दी र करार तथा ज्यालादारीसहित ६६ कर्मचारी कार्यरत रहेकामा २० जानको सम्झौता कात्तिक १६ गतेदेखि रद्द गरिएको गाउँपालिकाले जनाएको छ  ।

Advertisement

जेनजी आन्दोलनपछि नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँ कार्यपालिकाको कात्तिक २ गतेको निर्णयबाट उनीहरूको सम्झौता रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ६ बमोजिम स्थानीय तहले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओ एन्ड मी स्वीकृत गरी कार्यान्वयनमा रहेको थियो ।

नेपाल सरकारको स्वीकृत कार्यक्रम अनुसार नेपाल सरकारबाटै सर्त अनुदानमा बजेट प्राप्त भई कार्यक्रम निरन्तर रहेको कार्यक्रमअन्तर्गत नियुक्ति भएका ४६ जना करार दरबन्दीका कर्मचारीहरू भने यथावत छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!