
विराटनगर । विराटनगरमा माछा र सिद्रा खाल्डोमा पुरिएको छ । विराटनगर-६ स्थित केशलिया खोलाको पुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ५० किलो रहु माछा र ५० किलो सिद्रा माछा खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उक्त माछा र सिद्रा भारतबाट ल्याइएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले बरामद गरेको माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।

संगालोखबर 













