संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्द्रा खोलामा वृद्ध मृत फेला परेका छन् । आज दिउँसो करिब १२ बजे सोही वडाका ६० वर्षीय बलबहादुर खड्का मृत फेला परेका हुन् ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले मृत व्यक्ति सोही वडाका खड्का रहेको पुष्टि गरेको छ ।

Advertisement

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!