मोरङको रङ्गेलीमा स्कुल बसको ठक्करले साइकल यात्रीको मृत्यु

मोरङको रङ्गेलीमा स्कुल बसको ठक्करले साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको रङ्गेलीमा स्कुल बसको ठक्करबाट आज बिहान एकजना साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिन जाँदै गरेको विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ का ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार को १ क १७०० नम्बरको बसले रङ्गेली नगरपालिका–२ मा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु...
विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगरको व्यस्त बरगाछी चोकमा ट्राफिक लाइट सञ्चालन

विराटनगर । विराटनगरको बरगाछीमा सवारी साधन व्यवस्थित रूपमा सञ्चालन गर्न आजदेखि ट्राफिक लाइट औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ । केही समयअघि जडान गरिएको लाइट परीक्षणपछि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । सवारी साधनको बाक्लो चाप हुने यस स्थानमा ट्राफिक लाइट सञ्चालन भएपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ । स्थानीय गोविन्द खड्का भन्छन्, ‘बरगाछी दुर्घटनाको केन्द्रजस्तै बनेको थियो । यहाँ ट्रा...
विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगरमा भदौ २२ देखि ‘विद्यालय नाटक महोत्सव’

विराटनगर । ‘विराटनगर विद्यालय नाटक महोत्सव’ को चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्ने भएको हो । आरोहणले महोत्सवमा विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिङ्क  प्रयोग ग...
पम्पसेटबाट करेन्ट लाग्दा मोरङको बुढीगङ्गामा किशोरको मृत्यु

पम्पसेटबाट करेन्ट लाग्दा मोरङको बुढीगङ्गामा किशोरको मृत्यु

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय आकाश ऋषिदेव छन् । घरनजिकै रहेको बस्ता खोलाबाट खेतीका लागि पानी तान्न जडान गरिएको विद्युतीय मोटर पम्पसेट चलाउने क्रममा उनलाई हिजो साँझ करेन्ट लागेको थियो । गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि विराट टिचिङ अस्पताल लागिएको थियो । त्यहाँ चिकित्सकले जाँच गरेपछि उनको मृत्य...
मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करले बुबाको मृत्यु, छोरा घाइते

मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करले बुबाको मृत्यु, छोरा घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एकजना वृद्धको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् । टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको केराबारी गाउँपालिका–९ का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोट...
मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत

मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत

विराटनगर । नेकपा एमालेको उपाध्यक्षमा मोरङका गुरुप्रसाद बराल मनोनीत भएका छन् । काठमाडौँस्थित होटल बसेरामा आज बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । यसअघि पार्टी उपाध्यक्षको जिम्मेवारीमा सुवास नेम्वाङ थिए । उनको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो । बराल यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए । इमान्दारी, लगनशीलता र निष्ठाको राजनीति गर्ने बराल एमालेको राजनीतिमा ...
मोरङको सुनबर्सीमा दम्पतीमाथि दाउ प्रहार

मोरङको सुनबर्सीमा दम्पतीमाथि दाउ प्रहार

विराटनगर । मोरङको सुनबर्सीमा धारिलो हतियार प्रहारबाट दम्पती घाइते भएका छन् । सुनबर्सी नगरपालिका–६ मा स्थानीय ४२ वर्षीय रमेश साह र उनी श्रीमती प्रमिला साहमाथि गएराति धारिलो हतियार दाउ प्रहार भएको प्रहरीले जनाएको छ । भतिजा पर्ने २५ वर्षीय राजु साहले उनीहरूमथि आक्रमण गरेको प्रहरीको भनाइ छ । पूजा कोठाको माटो निकालेको विषयमा विवाद हुँदा दम्पतीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रह...
कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

विराटनगर । प्रदेशमा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँसँग समझदारी गरेको छ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोष र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रदेशका विभिन्न जिल्लाका गरी १२ कक्षा उत्तीर्ण करिब एक हजारजना युवालाई तालिम दिई यसै वर्ष अनलाइन रोजगारी दिने प्रदेश सरकारको तयारी छ । यो समझदारीले सरकारको उक्त योजनालाई मद्द...
उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार

उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार

विराटनगर । उपचारका लागि अस्पताल लगिएका जिल्ला कारागार मोरङका एकजना कैदी अस्पतालबाटै फरार भएका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमद आज बिहान फरार भएका हुन् । पेट दुख्ने समस्या भएपछि उनलाई उपचारका लागि दुई दिनअघि कोशी अस्पतालमा भर्ना गरिएको थियो । निगरानीका लागि राखिएका प्रहरीलाई छलेर उनी अस्पतालबाटै फरार भएका थिए । कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार उनको खोजी भइर...
अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलमा प्रतिनिधित्व सुनिश्चित गर्न माग

अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलमा प्रतिनिधित्व सुनिश्चित गर्न माग

विराटनगर । राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिहरूको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ । नेत्रहीन युवा सङ्घ मोरङले विराटनगरमा गरेको अन्तरक्रियाका सहभागीले प्रभावकारी सहभागितामा जोड दिएका हुन् । कार्यक्रममा दलहरूमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाल...
मुख्यमन्त्रीले ‘इगो’ साँधेको कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आरोप

मुख्यमन्त्रीले ‘इगो’ साँधेको कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आरोप

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि खनिएका छन् । प्रदेशसभा सचिवालयमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले मुख्यमन्त्री कार्कीमाथि विभिन्न आरोप लगाउँदै सङ्घर्षमा उत्रने चेतावनी पनि दिए । पूर्वमुख्यमन्त्री कार्कीले आफूले सुरुवात गरेका महत्वपूर्ण कामहरू हालका मुख्यमन्त्रीले निरन्तरता नदिएर ‘इगो’ साँधेको आरोप लगाए । उनले बजेटका विषयमा मुख्...
उर्लाबारीका युवकको हत्यामा संलग्न पक्राउ

उर्लाबारीका युवकको हत्यामा संलग्न पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्नलाई प्रहरीले आज अपराह्न पक्राउ गरेको छ । उर्लाबारी–५ का ३५ वर्षीय सुभाष तामाङलाई प्रहरीले सुन्दरहरैँचा–४ बाट पक्राउ गरेको हो । को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोस्ट गछियाका असई किशोर निरौला नेतृत्वको टोलीले पक्राउ गरेर तामाङलाई इल...
श्री हस्पिटलले डिस्चार्जको नौ दिनपछि बिरामीलाई पठायो घर (फलोअप)

श्री हस्पिटलले डिस्चार्जको नौ दिनपछि बिरामीलाई पठायो घर (फलोअप)

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री अस्पतालले डिस्चार्ज भएको ९ दिनपछि बिरामीलाई घर जान दिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु उपचार खर्च बुझाउन नसक्दा अस्पतालमा ‘बन्धक’ भएका थिए । यस विषयमा मङ्गलबार संगालोखबरले समाचार प्रकाशन गरेको थियो । रञ्जितका बुबा सर्दुल टुडुले अस्पतालले छोरालाई घर लग्न दिएको संगालो संगालोखबरलाई जानकारी दिए । ‘अस्पताल प्रशासनले त...
मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाइते भएका दाहाललाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका उनको गएराति मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतक...
कानुन कार्यान्वयनमा समस्या देखियोः मन्त्री राई

कानुन कार्यान्वयनमा समस्या देखियोः मन्त्री राई

विराटनगर । कोशी प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले बनेका कानुन कार्यान्वयनमा विभिन्न समस्या देखिएको बताएकी छन् । लैङ्गिक हिंसा पीडितको न्यायमा पहुँच अभिवृद्धिः नीति समीक्षा तथा सुझावहरू सम्बन्धी विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएकी हुन् । उनले पछिल्लो समय महिलाहरूले कानुनको दुरुपयोग गरेको अनुभव हुने गरेको उल्लेख गरिन् । उनले पछिल्लो समय पुरुष हिंसा बढेको भन्दै उ...
विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

विराटनगर । विराटनगरको श्री हस्पिटलमा बिरामीलाई बन्धक बनाएको छ भन्ने जानकारी आयो । जानकारी पाएपछि हस्पिटल गएर बुझ्दा एक युवा डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि अस्पतालको बेडमै थिए । उनी रहेछन्, मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु । उनी डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि हस्पिटलमै छन् । विराटनगरको हस्पिटल चोकस्थित श्री हस्पिटलको जेनेरल वार्डको बेड नम्बर ४ मा रहेका उनी कहिले घर...
लागूऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित ९ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की २७ वर्षीया एलिसा महतो, मोरङको रतुवामाईका २० वर्षीय असिम माझी र मोरङको रङ्गेली घर भई हाल सुन्दरहरैँचा–९ बस्ने १९ वर्षीय अभिषेक दमाइ महतरा पक्राउ परेका हुन् । यसैगरी, सुन्दरहरैँचाकै १८ वर्षीय सुशान्त विश्वकर्...
कोशी सरकारः मन्त्रीका आकांक्षी धेरै भएपछि काङ्ग्रेसले बनायो मापदण्ड

कोशी सरकारः मन्त्रीका आकांक्षी धेरै भएपछि काङ्ग्रेसले बनायो मापदण्ड

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली काङ्ग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरुको सङ्ख्या धेरै भएपछि प्रदेश समितिले टुङ्गो लगाउन सकेको छैन । मन्त्रीहरूको अन्तिम टुंगो प्रदेश समितिसँग परामर्श गरी पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले लगाउने नेताहरूले बताएका छन् । यसका लागि पार्टीको कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि मापदण्ड बनाएर त्य...
डा. रूइत र शंकराचार्य पीठलाई नगेन्द्रप्रसाद-आशालता पुरस्कार

डा. रूइत र शंकराचार्य पीठलाई नगेन्द्रप्रसाद-आशालता पुरस्कार

विराटनगर । विराटनगरको नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले एकजना चिकित्सक र एउटा संस्थालाई २०८० सालका दुई पुरस्कार दिने निर्णय गरेको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । यसैगरी, नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार झापाको शङ्कराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालालाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको...
केन्द्रमा जस्तै आलोपालो गरेर अघि बढ्छौंः मुख्यमन्त्री कार्की

केन्द्रमा जस्तै आलोपालो गरेर अघि बढ्छौंः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा बनेको समीकरण अनुसारै अघि बढ्ने बताएका छन् । पछिल्लोपटक बनेको समीकरणका आधारमा अघि जाने भन्ने कुरा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच सहमति भएको उनको भनाइ छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । ‘कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा चाहिँ राजनीतिक कुराहरू माथ...
‘सबैलाई आयो लोकतन्त्र, हामीलाई खोई ?’

‘सबैलाई आयो लोकतन्त्र, हामीलाई खोई ?’

विराटनगर । आफ्ना माग पूरा गराउन साउन ६ गतेबाट आन्दोलित बनेका कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आन्दोलनलाई थप सशक्त बनाउने निधो गरेका छन् । उद्योग, वन तथा वातावरण मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने उद्घोष गरेका हुन् । कोशीमा ५ सय १३ जनाको दरबन्दी भएपनि हाल २५८ जना वनरक्षक कार्यरत छन् । आफूहरूका माग सम्बोधनका लागि कसैले चासो नदेखाएका कारण नियमित धर्ना दिनुप...
उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–९ मा मे ९ प ५५७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराज रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई घाइते भएका छन् । उनक...
विराटनगरमा सहपाठीको कुटाइले विद्यार्थी घाइते

विराटनगरमा सहपाठीको कुटाइले विद्यार्थी घाइते

विराटनगर । विराटनगरमा विद्यार्थीहरूबीच गएराति कुटाकुट हुँदा एकजना घाइते भएका छन् । कुटपिटबाट बाराको कलैया नगरपालिका–१३ घर भइ विराटनगर–१ मा बस्दै आएका २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहा घाइते भएको प्रहरीले जनाएको छ । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार विराटनगर–१ स...
क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

विराटनगर । क्यान्सर जितेकाहरूलाई विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिम दिइएको छ । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई तालिम दिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्...
विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगर । बनिसकेको घर एक ठाउँबाट अर्को ठाउँमा सार्न र उचाइ बढाउन सकिन्छ । धेरैलाई यो असम्भव र अचम्म लाग्न सक्छ । प्रविधिको प्रयोगले यो सम्भव देखिएको छ । ‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि मार्फत जमिनबाट घरको उचाइ बढाउन सहजै सार्न सकिन्छ । छिमेकी देश भारतमा करिब दुई दशकदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ । नेपालमा पनि केही वर्षदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउ...
धनकुटामा पिकअप र मोटरसाइकल जुध्दा मोरङको सुन्दरहरैँचाका युवकको मृत्युु

धनकुटामा पिकअप र मोटरसाइकल जुध्दा मोरङको सुन्दरहरैँचाका युवकको मृत्युु

धनकुटा । धनकुटा नगरपालिका–३, कागतेमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मोरङ, सुन्दरहरैँचा नगरपालिका–२ का ३२ वर्षीय सुमन सुबेदी छन् । धनकुटाबाट छथरजोरपाटीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १३३६ नम्बरको पिकअप गाडी र प्रदेश १–०२–०५३ प ३१६८ नम्बरको मोटरसाइकल आज साँझ आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । त्य...
प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

विराटनगर । विराटनगर–१३ रानीस्थित बाल माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणमा अनियमितता भएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समिति तथा निर्माण समितिले आज पत्रकार सम्मेलन गर्दै भवन निर्माणमा अनियमितता भएको आरोप लगाएको हो । ४५ लाख बजेटमा निर्माण भएको भवनको प्रधानाध्यापकले ५१ लाखको बिल देखाएपछि अनियमितता भएको र सोही बिलको फरफारक नहुँदा दोस्रो चरणमा प्लास्टरका लागि आएको ६ लाख भुक्तानी महानगर...
झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

विराटनगर । मोरङ र झापामा डुबेर दुईजनाको मृत्यु भएको छ । झापामा एकजना बालक तथा मोरङमा एक वृद्धको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो ।  यसैगरी, झापाको झापा गाउँपालिकामा डुबेर एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–१ सालमारा निवासी मोहम्मद दिल...
मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुवा र आमा घाइते

मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुवा र आमा घाइते

विराटनगर । मोरङको मिक्लाजुङमा भएको मोटरसाइकल दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा उनका आमा र बुवा घाइते भएका छन् । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ मा हिजो अपराह्‍न भएको दुर्घटनामा मोरङको बेलबारी–१ की ११ वर्षीया सुम्निमा धिमालको मृत्यु भएको हो । उनका बुवा ३७ वर्षीय सुनिलकुमार र आमा ३५ वर्षीया चन्द्रमाया घाइते भएका छन् । सुनिलकुमारले चलाएको बा २७ प १८३५ नम्बरको मोटरसाइकल...
बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन

बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर कमिटीले ट्राफिक चोकमा दीप प्रज्वलन गरेको हो । परिषद्ले त्रिशूलीमा भएको बस दुर्घटना र सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको परिषद्ले जनाएको छ । बुधबार भएको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । गत असार १...
कोरियाको विश्वविद्यालयद्वारा पूविविलाई तीन हजार डलरको छात्रवृत्ति

कोरियाको विश्वविद्यालयद्वारा पूविविलाई तीन हजार डलरको छात्रवृत्ति

विराटनगर । कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालय (पूविवि) मा विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ । लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक दा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा सङ्कायका डीन प्रा. डा. अनिल पोखरेलबीच विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्त...
error: Content is protected !!