बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

बाढीको पानी खदरा खोलामा मिसाउने निर्णय फिर्ता गर्न माग

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ टंकी चोकबाट बाढीको पानी खदरा खोला हुँदै सिङ्घिया नदीमा मिसाउने निर्णय प्रति स्थानीयले आपत्ति जनाएका छन् । प्रभावित क्षेत्रका स्थानीयले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई किलोमिटर पूर्वको खदरा खोला हुँदै सिङ्घिया खोलामा बाढी मिसाउने निर्णय गलत भएको बताएका हुन् । उनीहरूले विभिन्न माग राख्दै यो निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए । उनीहरूले बिना सरकारी...
मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

मोरङ मेरो लागि नयाँ होइन, जिम्मेवारी मात्र नयाँ हो : सीडीओ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब्बल कार्यसम्पादन गर्ने बताएका छन् । बुधबार मोरङको सीडीओका रूपमा पदभार सम्हालेका यादवले आज पत्रकारहरूसँग छलफल गर्दै यस्तो बताएका हुन् । उनले कार्यालयले प्रवाह गर्ने सेवालाई चुस्तदुरुस्त राख्दै सहज सेवा उपलब्ध गराउने उल्लेख गरे । आफूले धेरै जिल्लामा सीडीओ भएर काम गरिसकेको बताउँदै सबैभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । ...
कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्ने निर्णय भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ ७ गतेका लागि बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए ।
कोशी प्रदेशसभामा मनाइयो पृथ्वी जयन्ती

कोशी प्रदेशसभामा मनाइयो पृथ्वी जयन्ती

विराटनगर । कोशी प्रदेशसभामा राष्ट्रिय एकता दिवस तथा ३०३ औँ पृथ्वी जयन्ती मनाइएको छ । कोशी प्रदेशसभा सचिवालयले आज बिहान एक कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सचिवालय परिसरमा राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदान-प्रदान गरे । राष्ट्रिय प्रजातन्त्र पा...
सभामुखले मुख्यमन्त्री कार्कीलाई बुझाए अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र

सभामुखले मुख्यमन्त्री कार्कीलाई बुझाए अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च नेपालले सार्वजनिक गरेको घोषणा पत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएका छन् । सभामुख विष्टले मञ्चको १० औं सम्मेलनले सार्वजनिक गरेको घोषणापत्र मुख्यमन्त्री कार्कीलाई बुझाएका हुन् । घोषणापत्रमा सङ्घीयता र संविधान कार्यान्वयनदेखि संसद्को आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा ...
मोरङको सुन्दरहरैँचामा भेटियो द्वन्द्वकालमा राखेको सिलिण्डर बम

मोरङको सुन्दरहरैँचामा भेटियो द्वन्द्वकालमा राखेको सिलिण्डर बम

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मालती पुल आसपासमा सिलिन्डर बम फेला परेको छ । तीन-चार दिनदेखि खोजी गरिरहेको सेनाको टोलीले आज सिलिन्डर बम फेला पारेको हो । मोरङ प्रहरीका अनुसार द्वन्द्वकालमा नै बम राखिएको सूचना आएपछि नेपाली सेनाको प्राविधिक टोलीसहितले केही दिन अघिबाट खोजी कार्य सुरु गरेको थियो । ‘त्यो ठाउँमा द्वन्द्वकालमा नै बम राखिएको भन्ने सूचना आएको थियो’, जिल्ला प्रहरी कार्यालय मोर...
बैशाखमा सर्‍यो कोशी प्रदेश सरकारको लगानी सम्मेलन 

बैशाखमा सर्‍यो कोशी प्रदेश सरकारको लगानी सम्मेलन 

विराटनगर । कोशी प्रदेश सरकारले माघमा गर्ने भनेको लगानी सम्मेलन बैशाखमा सरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । यसअघि माघ ११, १२ र १३ गते लगानी सम्मेलन हुने जनाइएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन लगायतका लागि समय अभाव भएकाले सम्मेलन सार्ने निर्णय गरिएको ज...
बेलबारी र सुन्दरहरैँचामा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

बेलबारी र सुन्दरहरैँचामा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

विराटनगर । मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  सुन्दरहरैँचा नगरपालिका-९ नागदेवीमा बुधबार बेलुका मोटरसाइकल र स्कुटर हुँदा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार प्र १-०२-०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १-०२-०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा-९ की ३८ वर्षीया प्रमिला श्रेष्ठ...
विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

विराटनगरको एक होटलमा भारतीय नागरिक मृत फेला

विराटनगर । विराटनगरको इष्टर्न स्टार होटलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । भारतको बिहार पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत फेला परेका हुन् । बुधबार सियाराम नामक कपडा कम्पनीमा काम गर्ने समूह विराटनगरमा ‘रिफ्रेसमेन्ट’ का लागि विराटनगर आएको थियो । मोरङ प्रहरीका अनुसार साह पनि सोही कम्पनीमा काम गर्थे । होटलमा बेलुका कक्टेल डिनरसहितको कार्यक्रम भएको थियो । सोही क्रममा साहले बढी ...
सुनवर्षी बंगाली टोलका लक्ष्मी पासवान भन्छन् : बस्ने ठाउँ छैन, यो जाडोमा कहाँ जानु ? 

सुनवर्षी बंगाली टोलका लक्ष्मी पासवान भन्छन् : बस्ने ठाउँ छैन, यो जाडोमा कहाँ जानु ? 

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बंगाली टोलका लक्ष्मी पासवान पाँच दशकपछि कै धेरै पीडामा छन् । अन्य समयमा पनि पीडा नभएको हैन । दैनिक ज्याला मजदुरी गर्दै जिविकोपार्जन गर्नुपर्ने टड्कारो एकातिर छँदैछ । अर्कोतर्फ बस्दै आएको घर पनि अदालतको आदेशपछि भत्कियो । उनको घर ऐलानी जग्गामा थियो । बंगाली पासवान, लक्ष्मीका बुबा हुन् । उनकै नामबाट टोलको नाम समेत रह्यो । तर अहिले सोही टोलबाट उठिब...
‘सडक निर्माण गुणस्तरहीन भएको विषयमा आवाज उठाउँदा थुनिनुपर्‍यो’

‘सडक निर्माण गुणस्तरहीन भएको विषयमा आवाज उठाउँदा थुनिनुपर्‍यो’

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-६ पिपल चोकका गणेश सहनीले आफूमाथि अन्याय भएको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले  बाटो बनाएको विषयलाई लिएर आवाज उठाउँदा आफूमाथि अन्याय भएको बताएका हुन् । रंगेली-६ पिपल चोकदेखि गोढी टोल र साहु टोल हुँदै हुलाकी राजमार्गसम्मको बाटो बन्ने विषयमा आवाज उठाउँदा अन्याय भएको भन्दै उनले न्यायको माग गरेका छन् । नगरपालिकाका सिभिल इन्जिनियरले बाटोको विषय...
विराटनगरमा माघ ११ बाट विराट एक्स्पो

विराटनगरमा माघ ११ बाट विराट एक्स्पो

विराटनगर । विराटनगरमा माघ ११ गतेबाट विराट एक्स्पो सुरु हुने भएको छ । आयोजक उद्योग सङ्गठन मोरङले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी भइरहेको जानकारी दिएको हो । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा हुने एक्स्पो १० दिन अर्थात माघ २० गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, अटोमोबाइल्स, सूचना तथा डिजिटल प्रविधि लगायतका २६८ स्टल रहने एक्स्पो व्यवस्थापन समिति संयोजक भोलेश...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस

विराटनगर । नेपाल-चीन सीमा क्षेत्रस्थित तिब्बतको दिंगे कान्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको ठूलो धक्का नेपालमा महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५०  मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । पूर्वी नेपालमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । चीनसँग सीमा जोडिएको पूर्वी नेपालको उत्तरी क्षेत्र सोलुखुम्बु,  संखु...
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, धनकुटा लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले हल्लाएपछि कतिपय मानिसहरू घरबाहिर निस्किएका छन् । भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ । तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस
विराटनगरबाट औषधीसहित दुई जना पक्राउ 

विराटनगरबाट औषधीसहित दुई जना पक्राउ 

विराटनगर । विराटनगर-१० संसारी माइस्थानबाट औषधीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जोगबनीबाट आएको बीआर ३८ ए एल ४६३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिल बिनाको औषधी फेला पारेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१४ का किसन चौधरी र भारतको अररिया जिल्लाका २२ वर्षीय प्रविन कुमार सहानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दि...
विराटनगरको आन्तरिक आम्दानी २१ प्रतिशत मात्र

विराटनगरको आन्तरिक आम्दानी २१ प्रतिशत मात्र

विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी लक्ष्यभन्दा कम सङ्कलन भएको छ । नगरसभाको पन्ध्रौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको गरेको विवरण अनुसार चालू आर्थिक वर्षको पुस १५ गतेसम्ममा २३ करोड ३५ लाख ७९ हजार मात्रै आन्तरिक आम्दानी भएको हो । एक अर्ब १० करोड ७९ लाख १० हजार आन्तरिक आय अनुमान गरिएकोमा हालसम्म २१ दशमलव ०८ प्रतिशत मात्रै आम्दानी भएको छ । महानगरले चालु आर्थिक ...
उत्कृष्ट अङ्क ल्याउने पाँच विद्यार्थी सम्मानित 

उत्कृष्ट अङ्क ल्याउने पाँच विद्यार्थी सम्मानित 

रंगेली । मोरङको रंगेली नगरपालिका-७ स्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । १५ औं वार्षिकोत्सवको अवसरमा रंगेलीका सामुदायिक तथा निजी विद्यालयबाट २०८० को एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई संस्थाले सम्मान गरेको हो । त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा अध्ययनरत समीक्षा खवास, महालक्ष्मी माध्यमिक विद्यालयका अक्षय उराउ, प्रगतिशील माध्यमि...
प्याब्सन मोरङको अध्यक्षमा बस्नेत निर्वाचित

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत निर्वाचित

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । विराटनगरमा शनिवार बिहान सम्पन्न प्याब्सनको १६ औं जिल्ला अधिवेशनबाट बेलबारीका बस्नेत ११० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी उर्लावारीका सुरेन्द्र सुवेदी १७ मतान्तरले पराजित भएका छन् । सुवेदीले ९३ मत ल्याएका छन् । बरिष्ठ उपाध्यक्षमा १०६ मतसहित मोहन बु...
विराटनगरको हाटखोलामा शनिवार साँगीतिक कार्यक्रम हुने

विराटनगरको हाटखोलामा शनिवार साँगीतिक कार्यक्रम हुने

विराटनगर । विराटनगरको हाटखोलामा शनिवार साँगीतिक कार्यक्रम हुने भएको छ । अग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर मन्जिना मुभिज क्रिएशन र भाइरल ईभेन्टले कार्यक्रम गर्न लागेका हुन् । साँगीतिक कार्यक्रममा युवा पुस्तामा चर्चित कुमा सागर एण्ड द ख्वाप ब्याण्डको साँगीतिक प्रस्तुती रहनेछ । कुमा सागरको लोक भाकाका गीत तथा भजनहरूसँगै ‘हावाको लहरसँगै, ओ चम्पा, जाने भए जाउ’ लगायत गीतहरू चर्चित छन् । नेवार संस्...
विराटनगरमा तीन जना सवार मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु, ट्रक पल्टियो

विराटनगरमा तीन जना सवार मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु, ट्रक पल्टियो

विराटनगर । विराटनगरको आईसीपी रोडमा आज साँझ तीन जना सवार मोटरसाइकल भारतीय नम्बर प्लेटको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । विराटनगर महानगरपालिका-१४ स्थित आईसीपीबाट विराटनगर बजारतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४१ प १३२१ नम्बरको मोटरसाइकल साँझ करिब साढे ५ बजे ठोक्किएको हो । दुर्घ...
असक्षम व्यक्ति प्याब्सनको नेतृत्वमा पुग्नु हुँदैन: टिकाराम पुरी

असक्षम व्यक्ति प्याब्सनको नेतृत्वमा पुग्नु हुँदैन: टिकाराम पुरी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का प्रमुख सल्लाहकार टिकाराम पुरीले सरकारसँग आफ्ना कुरा दमदार रुपमा राख्न सक्ने सक्षम व्यक्तिले प्याब्सनको नेतृत्व गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशन उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकार पुरीले आवश्यक परेका बेला आफ्ना कुरा सरकारलाई प्रष्टसँग राख्न नसक्ने व्यक्ति नेतृत्वमा गएर अर्थ नहु...
नोवेल अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

नोवेल अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीको आरोपमा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर-४ नोवेल अस्पतालमा पार्किङ गरेर राखिएको मोटरसाइकल लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-३ का १८ वर्षीय निकपाल यादव र १८ वर्षीय जितेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति ८ बजे को २३ प ६१७६ र प्रदेश १-०२-०४४ प १९ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अव...
विराट धर्मशालाद्वारा दुई जेहनदार विद्यार्थीलाई छात्रवृत्ति 

विराट धर्मशालाद्वारा दुई जेहनदार विद्यार्थीलाई छात्रवृत्ति 

विराटनगर । विराटनगर-३ स्थित विराट धर्मशाला सङ्ग्रहालय एवं पुस्तकालयले जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसरमा नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो ।  आज आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो ।  कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को प...
विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु

विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु

विराटनगर । विराटनगर विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । प्रतिकूल मौसमका कारण बुधबार एउटा मात्रै जहाजले उडान भरेको भएपनि आजबाट भने हवाई सेवा सुरु भएको हो । विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार केहीबेर अगाडि काठमाडौंबाट दुईवटा जहाज विराटनगर आएका छन् । बुधबार दिउँसो १ बजे यती एयरलाइन्सको विमान काठमाडौं गएको थियो । त्यसपछि कुनै पनि उडान भएका थिएनन् । केहीबेर अगाडि बुद्ध र यती एयरलाइ...
निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

निर्वाचित भएको महिना दिन नबित्दै विवादमा मुछिए मोरङको ग्रामथानका अध्यक्ष माझी

विराटनगर । गाउँपालिका अध्यक्षमा निर्वाचित भएको एक महिना नबित्दै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी विवादमा मुछिएका छन् । गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माओवादी नेता माझी अवैध माटो उत्खनन गर्नेलाई संरक्षण गर्न लागिपरेको भन्दै आलोचित भइरहेका छन् । अवैधानिक रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रहरीलाई पत्र पठाउँदा अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्र...
पथरीको सरस्वती विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

पथरीको सरस्वती विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष र टोपी दिवसको अवसर पारेर दाताहरूको सहयोगबाट प्राप्त ९४ थान न्यानो कपडा वितरण गरिएको हो । सोही वडाका वडाध्यक्ष नैना राईको उपस्थितिमा विद्यार्थीहरूलाई कपडा वितरण गरिएको हो । रविन दाहालले विद्यार्थीहरूलाई कपडा सहयोग गरेकोमा वडाध्यक्ष राईले धन्यवाद दिए । सामुदायिक ...
मोरङको बुढीगंगामा यस्तो बन्नेछ प्रदेश बसपार्क 

मोरङको बुढीगंगामा यस्तो बन्नेछ प्रदेश बसपार्क 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ बौरहामा प्रदेश स्तरीय बसपार्क निर्माण हुने भएको छ । १७ बिगाहा ऐलानी जग्गामा निर्माण हुने बसपार्कको डिपिआर सार्वजनिक भएको छ । ‘बुढीखोला किनारमा निर्माण हुने बसपार्कको डिपिआर तयार भएको छ’, बुढीगंगा-२ का वडाध्यक्ष रेवती नारायण चौधरीले संगालोखबरसँग भने, ‘अबको दुई महिना पछि काम सुरु हुने भन्ने कुरा छ ।’ एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको बसपार्कको प...
मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका-४ मा लागूऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ट्रामाडोल र स्पास्मो आठ सय ७७ ट्याब्लेटसहित सोही स्थानका ३१ वर्षीय बिनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय...
विराटनगरमा स्कारपियो भित्र भेटियो १५५ किलो गाँजा, चालकसहित दुई जना पक्राउ

विराटनगरमा स्कारपियो भित्र भेटियो १५५ किलो गाँजा, चालकसहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमि गाउँपालिका-६ का १९ वर्षीय सुरज राई छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । को १ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट एक सय ५५ किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्...
ग्रामथानका अध्यक्ष भन्छन् : ‘मलाई पेलेर जान खोज्नु गलत हो, पेलेको सहन सक्दिनँ’

ग्रामथानका अध्यक्ष भन्छन् : ‘मलाई पेलेर जान खोज्नु गलत हो, पेलेको सहन सक्दिनँ’

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले आफूविरुद्ध गलत प्रचारबाजी भएको बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले आफूले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई सोधेको स्पष्टीकरणको विषयमा गलत प्रचार भएको बताएका हुन् । उनले माटो उत्खनन रोक्ने विषयमा आफूलाई जानकारी नदिई प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्र काट्नु गलत भएको बताए । ‘गैरकानुनी उत्खनन कार्य रोक्...
मोरङको सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा वृद्धाको मृत्यु 

मोरङको सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा वृद्धाको मृत्यु 

विराटनगर । मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।  जङ्गलमा घाँसदाउरा लिन गएकी सुन्दरहरैँचा-५ की ६० वर्षीया चन्द्रकला लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ उनी घाँसदाउरा लिन जङ्गल गएकी थिइन् । उनी घर नफर्किएपछि खोज्न गएका स्थानीयले आज बिहान मृत भेट्टाएका थिए । ‘हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएको पुष्टि भएको छ’, जिल्ला प्रहरी कार्यालय मोरङका ...
error: Content is protected !!