संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङमा दुई जना पुरुष मृत फेला परेका छन् । ग्रामथानको पैनीमा धनपालथान गाउँपालिका-५ का ५६ वर्षीय दुर्गाप्रसाद खवास मृत भेटिएका हुन् । ग्रामथान गाउँपालिका-७ साधुटोलस्थित पैनीमा आज उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

यस्तै उर्लाबारी नगरपालिका-१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ मृत फेला परेका छन् । उनलाई मिक्लाजुङ गाउँपालिका-६ कत्लेस्थित सडक छेउ मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसैगरी इलामको देउमाई नगरपालिका-७ सिउरेनीस्थित माईखोलाको किनारमा माई नगरपालिका-९ का ५० वर्षीय अर्जुन मगर मृत फेला परेका छन् । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!