संगालोखबर


विराटनगर । विराटनगरका सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण गरिएको छ । विराटनगर जेसीजले ‘जेसीज सप्ताह-२०२५’ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि सफारी चालकहरूलाई रिफ्लेक्सन ज्याकेट वितरण गरेको हो ।

बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रियता आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताए ।

Advertisement

विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले जेसीजले सदैव सामाजिक उत्तरदायित्व वहन गर्दै आएको उल्लेख गरे । दुर्घटना न्यूनिकरणका लागि निरन्तर अभियान चलाइने जेसीजले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!