एबीले जित्यो विराटनगर फुटसल लिगको उपाधि

एबीले जित्यो विराटनगर फुटसल लिगको उपाधि

विराटनगर । एबी ५ एफसीले विराटनगरमा सम्पन्न विराटनगर फुटसल लिगको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा स्टार बोइज एफसीलाई ३-२ गोलले पराजित गर्दै एवीले उपाधि जितेको हो । खेलमा एबीले उत्कृष्ट प्रदर्शन गर्दै स्टार बोइज एफसीमाथि रोमाञ्चक जित निकाल्यो । उपाधिसँगै एबीले नगद ४० हजार हात पारेको छ भने उपविजेता स्टार बोइज एफसीले २० हजारमा चित्त बुझाएको छ । हिमेश पौडेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भ...
क्यान्सर सर्भाइबरहरूका लागि ‘विजय सूचक घण्टी’ 

क्यान्सर सर्भाइबरहरूका लागि ‘विजय सूचक घण्टी’ 

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको रेवन्त-रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटमा ‘विजय सुचक घण्टी’ को उद्‌घाटन गरिएको छ । आज विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा एक कार्यक्रमका बीच ‘विजय सूचक घण्टी’ को उद्घाटन गरिएको हो। विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष इलिना कार्कीले उक्त घण्टीको उद्‌घाटन गरेका थिए । इस्टर्न क्यान्सर सर्भाइबर सपोर्ट ग्...
मोरङको कटहरीमा युवती बलात्कृत

मोरङको कटहरीमा युवती बलात्कृत

विराटनगर । मोरङको कटहरी-२ मा २३ वर्षीय युवती बलात्कृत भएकी छन् । आज बिहानको समयमा उनीमाथि बलात्कार भएको मोरङ प्रहरीले जनाएको छ । जहदा गाउँपालिका-३ घर भएकी युवतीमाथि कटहरी-२ मा बलात्कार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘युवती लडिरहेको अवस्थामा फेला पारेर उपचारका लागि कोशी अस्पताल ल्याइएको हो’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘अहिले उनको उपचार भइरहेको छ । केही ब...
विराटनगर-१२ का वडाध्यक्ष बैंकिङ कसुरमा पक्राउ

विराटनगर-१२ का वडाध्यक्ष बैंकिङ कसुरमा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडाध्यक्ष पक्राउ परेका छन् । उनलाई आज बैंकिङ कसुरमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । ‘उहाँको विरुद्धमा जहदा-३ का गुरु दयानन्द ठाकुर भन्ने व्यक्तिबाट बैंकिङ कसुरमा जाहेरी परेको थियो’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले संगालोखबरसँग भने, ‘कात्तिकमा मुद्दा दर्ता भएको थियो । मंसिर २५ मा जिल्ला अदालतबाट पक्राउपुर्जी जारी भएको थियो । त्यसकै आध...
विराटनगर फुटसल लिग : सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश

विराटनगर फुटसल लिग : सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश

विराटनगर । विराटनगर फुटसल लिगमा सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश गरेको छ । जेएनएल फुटसलमा जारी लिगका खेलहरूमा उत्कृष्ट प्रर्दशन गर्दै एबी ५ एफसी उपाधि नजिक पुगेको हो । उसले अपटाउन एफसीलाई ४-१ ले पराजित गरेको छ । लिगको दशौं तथा अन्तिम चरणका रोमाञ्चक खेलहरूमा एबी ५ एफसीले आफ्नो सानदार प्रदर्शनलाई कायमै राखेको छ । लिगमा विराटनगर स्पोर्ट्स एकेडेमीले स्टार ब्वाइज एफसीलाई ३-२ को फराकिलो अन...
विराटनगरका व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट

विराटनगरका व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका व्यवसायी विजय अग्रवालमाथि निर्घात कुटपिट भएको छ । आज बिहान करिब ११ बजे युवाहरूको समूहले व्यवसायी अग्रवालमाथि निर्घात कुटपिट गरेको हो । अग्रवाल, विराटनगरको तृष्णा होटलका सञ्चालक हुन् । उनले ट्राफिक चोकमा बालाजी कपडा पसल पनि सञ्चालन गर्दै आएका छन् । कपडा पसलमै आएर युवाहरूले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट अग्रवालको शरीरका विभिन्न भागमा चोट लागेको छ । व्यवसायी अग्रवा...
विराटनगरमा सुरु भयो नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन

विराटनगरमा सुरु भयो नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन

विराटनगर । नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन शनिबारदेखि विराटनगरमा सुरु भएको छ । नेपाल होमियोपैथिक चिकित्सक सङ्घको केन्द्रीय कार्यालय विराटनगरले दुई दिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वरिष्ठ होमियोपैथिक चिकित्सक डा.जीवन प्रकाश रायलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र होमियोपैथिक चिकित्सक सङ्घका केन्द्रीय अध...
सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

सुन्दरहरैँचामा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ । आज बिहान सिर्जना सामुदायिक वनमा दाउरा खोज्न गएकी स्थानीय ४० वर्षीय गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गली हात्तीको आक्रमणमा परेर घाइते भएकी महिलालाई उपचारका नोबेल अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
रात्रिकालीन व्यवसाय व्यवस्थित नबनाए अर्को निर्णय हुनसक्छ : मेयर कोइराला

रात्रिकालीन व्यवसाय व्यवस्थित नबनाए अर्को निर्णय हुनसक्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाले रात्रिकालीन व्यवसाय व्यवस्थित बनाउने विषयमा सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेको छ । दोहोरी साँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषणसँगै हो-हल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर छलफल गरेको हो । छलफलका क्रममा मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदुषण कम गर्न व्यवसायीहरूलाई निर्देशन दिएका छन् । कोइरालाले ध्वनि प्रदूषण र हो-हल्लाले र...
विराटनगरमा बुबाको किरियामा बसे दिदीबहिनी

विराटनगरमा बुबाको किरियामा बसे दिदीबहिनी

विराटनगर  । विराटनगरमा दुई दिदीबहिनी बुबाको किरियामा बसेका छन् । धनकुटाको सान्ने घर भई हाल विराटनगर-१४ मा बस्दै आएका ४१ वर्षीय नेत्र बहादुर पाण्डेको निधन भएपछि दुई दिदीबहिनी किरियामा बसेका हुन् । बुबाको निधनपछि डेनिसा र चेल्सिया पाण्डे किरियामा बसेका हुन् । उनीहरूले घाटमा पुगेर बुबालाई दागबत्ती दिएका थिए । रुढीवादी परम्परालाई तोड्दै आफूहरू बुबाको किरियामा बसेको उनीहरूले बताए । बुबाले आफूहरू प्...
मोरङका विभिन्न स्थानबाट १७ जना फरार प्रतिवादी पक्राउ

मोरङका विभिन्न स्थानबाट १७ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट १७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । गत मंसिर २४ गतेदेखि पुस २ गतेसम्ममा विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ परेका हुन् । जिल्ला अदालत मोरङले कैद तथा जरिवाना तोकेर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नि...
विराटनगर बसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार, एक जना पक्राउ

विराटनगर बसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार, एक जना पक्राउ

विराटनगर । विराटनगर-११ वसपार्कमा सफारी चालकमाथि खुकुरी प्रहार भएको छ । हिजो राति करिब साढे १० बजेतिर खुकुरी प्रहार भएको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट सफारी चालक विराटनगर-१२ का विजय कामत घाइते भएका छन् । उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । सफारी चालकमाथि खुकुरी प्रहार गर्ने विराटनगर-११ का रेगन कट्टेललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले ज...
मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल दुई हजार एक सय ट्याब्लेट र स्पासपेन दुई हजार एक सय ५० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँका ३१ वर्षीय काजल तामाङ र धरान-७ का २२ वर्षीय एलेन राई रहेका छन् । अस्थायी प्रहरी पोस्ट बरगाछी र अस्थायी प्रहरी पोस्...
विराटनगरको रोजगार मेलामा सबैभन्दा बढी नर्सको माग

विराटनगरको रोजगार मेलामा सबैभन्दा बढी नर्सको माग

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा दुईदिनसम्म सञ्चालन भएको रोजगार मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग भएको छ । विराटनगर-७ स्थित इको पार्कमा हिजो र आज सञ्चालन भएको मेलामा एक सय भन्दा बढी नर्सको माग भएको हो । नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सय बढी सयभन्दा नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए । नर्स बाहेक प्रशासन, बजार व...
लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री सार्वजनिक

लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध दुर्व्यसनी विरुद्धको  सचेतनामूलक सन्देश बोकेको श्रव्यदृश्य सामग्री सार्वजनिक गरेको छ । कोशी प्रदेश सरकारको सहयोगमा लिम्बू, बान्तवा, थारू  र मैथिली भाषालाई समेटेर तयार पारिएको सामग्री आज सार्वजनिक गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रव्यदृश्य सामग्री सार्वजनिक गरेका हुन् । मोरङको केराबारी, झोराहाट, सुनसरीको बर्ज...
मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथान स्थित रंगेली-विराटनगर सडक खण्डमा ट्रक मुनी मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ । हिजो राति करिब साढे आठ बजेको समयमा डाइनिया तर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक स्टार्ट बन्द भएर रोकिएको थियो । सोही क्रममा सोही दिशातर्फ जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किएर  ट्रक मुनी पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी-९ बालुबा...
विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगर । विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ । स्विस कन्ट्याक्टको सहयोगमा महानगरपालिकाले आयोजना गरेको मेलाबाट तीन सय जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ । विराटनगर-७ स्थित विरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा आज भेलाको शुभारम्भ गरिएको हो । मेलामा साना, घरेलु तथा मझौला उद्योग, रोजगारदाता कम्पनी, सञ्चार संस्थालगायतको ३० वटा स्टल रहेका छन् । मेलाको उद्‌घाटन गर्दै महानगरपालिकाका...
मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राति करिब १२ः१० बजेको समयमा विराटनगरबाट विराटचोकतर्फ जाादै गरेको प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र मोटरसाइकल पछाडि सवार ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । उनीहरू बाब...
मोरङको सुन्दरहरैँचामा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुन्दरहरैँचामा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ पचाम स्थित घिनाघाट-विराटचोक सडकखण्डमा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ सात बजेतिर विराटनगरबाट विराटचोक तर्फ जाँदै गरेको प्रदेश १-०४-००१ च ०९९५ नम्बरको पिकअपले विराटनगरतर्फ आउँदै गरेको बा ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मोटरसाइकल चालक विराटनगर-१० का २४ वर्षीय हर्ष ढकाल गम्भीर घाइते भएको थ...
विराटनगर-४ बासीलाई नोबेलले उपचारमा विशेष छुट दिने

विराटनगर-४ बासीलाई नोबेलले उपचारमा विशेष छुट दिने

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले विराटनगर-४ का स्थानीयलाई उपचारमा विशेष छुट दिने भएको छ । हिजो वडाध्यक्ष जीतन थापा र अस्पतालका निर्देशक प्रा.डा. राजेश नेपालबीच उपचारमा सहुलियत दिने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयलाई उपचारमा विशेष छुट दिन लागिएको निर्देशक नेपालले बताए । यसअघि वडा कार्यालयको सिफारिसमा विपन्न बिरामीहरूलाई छुट दिने गर...
मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ चैतामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ घरमा लगाएको जस्ता निकाल्ने क्रममा करेन्ट लाग्दा ३५ वर्षीया रेखा देवी सिंह घाइते भएकी थिइन् । उपचारका लागि रंगेली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ विराटचोकबाट गछियातर्फ आउँदै गरेको प्र १-०२-०५४ प ३५५८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख ३२२३ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसन्दहका ४४ वर्षीय  एम बहादुर रायमाझी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको नोबेल अस्...
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । विराटनगर-७ हाटखोलामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले कानेपोखरी गाउँपालिका-२ का ३२ वर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार उपचारका लागि कोशी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पैदल यात्रा गरिरहेका ...
गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा गैरनाफामूलक अस्पताल निर्माण गर्न उद्योगपति राजु कटेलले १५ करोड बराबरको सहयोग उपलब्ध गराउने भएका छन् । विराटनगरका उद्योगी कटेलले १४ करोड मूल्य पर्ने ७ बिगाहा जग्गा र एक करोड नगद उपलब्ध गराउने भएका हुन् । भारतको गुजरातस्थित नौतनपुरी धामका गाधिपती जगतगुरु आचार्य कृष्णमणि महाराजसहितको टोलीले झोराहाटस्थित अस्पताल निर्माणस्थलको बिहीबार निरीक्षण गरेको ...
नोबेलले ६० करोड लाभांश बितरण गर्ने 

नोबेलले ६० करोड लाभांश बितरण गर्ने 

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चितबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टार कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको...
मोरङको कानेपोखरीमा पुरुष मृत भेटिए 

मोरङको कानेपोखरीमा पुरुष मृत भेटिए 

विराटनगर । मोरङको कानेपोखरी-७ स्थित बान्तवा होटलमा एक पुरुष मृत भेटिएका छन् । आज बिहान मृत भेटिएका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतकको घर झापाको धुलावारी भएको खुलेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । ‘बेवारिसे भएर हिँडेको जस्तो देखिन्छ’, डीएसपी थापाले संगालोखबरसँग भने, ‘छोरालाई खबर गरेका छौँ । छोरो आएपछि सबै कुर...
नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथानका नवनिर्वाचित अध्यक्षको निर्णय

नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथानका नवनिर्वाचित अध्यक्षको निर्णय

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमो नारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । हिजो सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले गाउँपालिका भित्र वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थामा जानका लागि तथा आकस्मिक सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णयमा उल्लेख गरेका ...
मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाबाट भरुवा बन्दुकसहित वृद्ध पक्राउ परेका छन् । स्थानीय ६० वर्षीय प्रकाश यादवलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा बन्दुक फेला परेको हो । घरमा लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक भेटिएपछि बन्दुकसहित वृद्धलाई नियन्त्रणमा लिइएको मोरङका ...
विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बीउ उपलब्ध गराएको छ । आज कृषकहरूलाई महानगरले उन्नत जातको गहुँको बीउ उपलब्ध गराएको हो । कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार पाँच सय २६ किलो बीउ वितरण गरिएको छ । उक्त बीउले ६० हेक्टर जमिनमा खेती गर्न सकिन्छ ।  महानगरका दुई सय ६२ घरधुरीलाई बिउ वितरण गरिएको तिम्सिनाले बताए । महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ खेतीयो...
मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

विराटनगर । मोरङको बुढीगंगा-४ स्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने मेसिन बनाएका छन् । आफैँले चलाउने सवारी साधनमा चालक आफैँले आफ्नो अल्कोहलको मात्रा जाँच गर्नसक्ने मेसिन बनाएका हुन् । डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीहरूले छ महिना लगाएर उक्त मेसिन बनाएका हुन् । कुनै पनि सवारीसाधनमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउ...
काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि पालिका सभापतिहरूको वृहत भेला गर्ने भएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा भेलाको उद्‌घाटन गर्ने तयारी गरेको छ । हिजो संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि भेला आयोजना गरिएको जनाएको थियो । शेखर पक्षको भेला आधिकारिकी नभएको र मंसिर २२ बा...
error: Content is protected !!