विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने गिरोहका थप एक जना पक्राउ
विराटनगर । विराटनगरमा ‘प्रहरी हौं’ भन्दै लुटपाट गर्ने गिरोहका अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–११ का २५ वर्षीय कुशल पाण्डे छन् । उनलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उनी नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरका नेता हुन् । यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । गत असार ११ बिहान ११ः१५ बजे विराटनगर-१५ का बिक्रमकुमार साह त...






























