कोशीका पूर्व मुख्यमन्त्री अनशन बस्नेसहित पाँच स्थानलाई तोकियो निषेधित क्षेत्र
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की अनशन बस्नेसहित पाँच स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सूचना जारी गर्दै आज दिउँसो तीन बजेबाट पाँच स्थानलाई निषेधित क्षेत्र तोकिएको जनाएका छन् ।
प्रदेशसभा आसपास देवकोटा चोक देखि कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपास, मुख्यमन्त्री निवास...






























