केराबारीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा क्रसरका कामदारको मृत्यु
विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लाग्दा कामदारको मृत्यु भएको छ । गोरखाको गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको हो ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार चेपाङलाई सोमबार राति १० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति...































